YouTube Link

आज राति नौ बजेदेखि एक बजेसम्म मतदान, प्रतिनिधिहरुलाई फोन, मेसेज र भेटेरै भोट माग्न उम्मेदवारहरुलाई भ्याइनभ्याइ

१४ पदका लागि १८ जना चुनावी प्रतिस्पर्धामा, अध्यक्षमा केपी शर्मा ओली र भीम रावल चुनावी मैदानमा

Facebook Link

 

काठमाडौं: नेकपा एमाले १०औं महाधिवेशन अन्तर्गत ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा राति नौ बजेदेखि एक बजेसम्म मतदान हुने भएको छ ।

 

निर्वाचन प्रक्रियासँगै सर्वसहमतिको प्रयास भइरहेका बेला निर्वाचन समितिले निर्वाचन कार्यक्रम संशोधन गर्दै मतदानको समय निर्धारण गरेको हो ।

 

निर्वाचन हुने भएपछि उम्मेदवारहरु मत माग्न व्यस्त बनेका छन् । मतदान हुने भएसँगै उम्मेदवारहरुले प्रचार प्रसारलाई तिव्रता दिइरहेका छन् ।

 

अध्यक्ष, उपाध्यक्ष र सचिवसहित केही केन्द्रीय सदस्यका पदमा निर्विरोध हुन सकेको छैन । अधिकांश क्लस्टरबाट निर्वाचित हुनेहरू निर्विरोध निर्वाचित भइसकेका छन् ।

 

आवश्यकताभन्दा बढी उम्मेदवारी दर्ता भएका पदमा सहमतिको प्रयास जारी राखिएका कारण निर्वाचन कार्यतालिकामा संशोधन गर्नु परेको निर्वाचन समितिले जनाएको छ ।

 

सौराहास्थित होटल सेभेन स्टार परिसरमा जारी महाधिवेशनमा सहमतिमा नेतृत्व चयन गर्ने निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रयास गरेपनि कतिपय पदमा उम्मेदवारी दर्ता भएपछि मतदान हुने भएको हो ।

 

 

मतदान हुनेभएसँगै उम्मेदवारहरुले मतदातालाई फोन, मेसेज र भेटेरै मत मागिरहेका छन् । एमाले महाधिवेशनमा प्रतिनिधिको संख्या २ हजार १ सय ७५ रहेको छ । उनीहरु नयाँ नेतृत्व चयनका लागि मतदानमा सहभागी हुने छन् ।

 

मतदान विद्युतीय माध्यमबाट हुने छ । त्यसका लागि मतदान बुथहरु बनाइएको छ । सयवटा मतदान मेसित तयारी अवस्थामा रहेको जनाइएको छ ।

 

एमालेमा पदाधिकारीका १४ पदका लागि १८ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । अध्यक्षमा केपी शर्मा ओली र भीम रावल चुनावी मैदानमा छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...