YouTube Link

न्यायाधीशहरुले इजलास बहिष्कार गर्न थालेपछि अदालतमा न्याय सम्पादन प्रभावित, विवादका बीच प्रधानन्यायाधीशले गरे सात मुद्दाको फैसला

आज गरिएका फैसलामा चितवन प्रकरणको घटना र गैरसैनिकको मुद्दा छिनोफानो

Facebook Link

 

काठमाडौं: सर्वोच्चका प्रधानन्यायाधीशसहित कूल २० जना न्यायाधीशमध्ये १५ जनाले इजलास बहिष्कार गर्न थालेपछि अदालतमा न्याय सम्पादन प्रभावित भएको छ ।

 

गत असोज २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको विस्तार गर्दा प्रधानन्याधीश चोलेन्द्रसमशेर जबराका जेठान गजेन्द्रबहादुर हमाललाई समेत मन्त्री बनाएपछि प्रधानन्यायाधीश जबरामाथि भागबण्डाको आरोप लगाउँदै सुरु भएको विवादले अहिले अदालतको काम कारवाही प्रभावित भएको छ ।

 

वकिलहरुको संगठन नेपाल बार एसोसिएसनले समेत प्रधानन्यायाधीशको राजीनामा माग्दै विरोध गर्न थालेपछि इजलास प्रभावित भएका छन् । नेपाल बार एसोसिएसनले त आजबाट जबरा विरुद्ध कालोपट्टी बाँधेर चरणबद्ध आन्दोलन थालेको छ ।

 

न्यायाधीशहरुले इजलास बहिष्कार र विरोध गरिरहँदा प्रधानन्यायाधीश जबराले भने न्याय सम्पादन जारी राखेका छन् । प्रधानन्यायधीश जबराले योबीचमा ७ ओटा मुद्दाको छिनोफानो गरेका छन् ।

 

सर्वोच्च अदालतका प्रवक्ता वाबुराम दाहालका अनुसार न्यायलको विवाद भएयता दुई चोटी इजलासमा बसेका छन् । गत सोमबार र आज गरी दुई पटक फैसला पनि भएका छन् ।

 

दाहालका अनुसार सोमबारको इजलासमा ५ थान मुद्दा र आइतबार २ थान मुद्दाको फैसला राणाले गरेका छन् । आज गरिएका फैसलामा चितवन प्रकरणको घटना र गैरसैनिकको मुद्दा छिनोफानो भएको छ ।

 

प्रधानन्यायाधीश जबरामाथि आरोप लागेसँगै सर्वोच्च अदालतका धेरैजसो न्यायाधीशहरुले प्रधानन्यायाधीशको राजीनामा मागेका छन् । उनीहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै फुलकोर्ट बहिष्कार गरे । त्यसलगत्तै उनीहरुले इजलास पनि बहष्किार गर्न थालेका छन् । कात्तिक ८ गते यता सर्वोच्चका १५ जना न्यायधीशहरुले राजीनामा माग गर्दै इजलास नै बहिष्कार गर्दै आएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...