अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न प्रधानमन्त्री देउवाको निर्देशन
सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै उद्धार प्रतीक्षा गरिरहेका नेपालीको अभिभावकत्व सरकारको दायित्व हो
वि.सं.२०७८ साउन ३२ सोमवार ११:२८
काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न निर्देशन दिएका छन् ।
देउवाले परराष्ट्र, गृह मन्त्रालय लगायतलाई समन्वय गर्न निर्देशन दिएका हुन् ।
देउवाले सोमवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै उद्धार प्रतीक्षा गरिरहेका नेपालीको अभिभावकत्व सरकारको दायित्व भएको बताएका छन् ।
‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु’ देउवाले ट्वीटरमा सन्देश लेखेका छन, ‘सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’
अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु l
सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो l सजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ l
— Sher Bahadur Deuba (@SherBDeuba) August 16, 2021
तालिबानले अफगान राजधानी कब्जा गरेपछि बहालवाला राष्ट्रपति गानी देश छाडेर भागेका छन् । अमेरिका, बेलायत लगायत मुलुकले अफगानिस्तानबाट आफ्ना नागरिक फिर्ता लैजादै छन् ।
वि.सं.२०७८ साउन ३२ सोमवार ११:२८