YouTube Link

सम्भावित बन्दाबन्दी निषेधाज्ञा र जनजीवन

सर्वसाधारणका तर्फबाट यस्ता सम्भावित प्रतिकुल अवस्थाका लागि जनजीवन अस्तव्यस्त हुनबाट रोक्नका लागि के पहल गर्दैछौँ ?

Facebook Link

मुलुक अब फेरि बन्दाबन्दी निषेधाज्ञा मध्ये कुनै एकतिर अभीमुख छ । बन्दाबन्दी होस् या निषेधाज्ञा, जनस्वास्थ्यका लागि भनौ या महामारीलाई व्यापक बन्नबाट रोक्नका लागि भनौ पक्कै पनि आवश्यक भने छ । यहाँ सवाल यतिखेर बन्दाबन्दी निषेधाज्ञा प्रभावकारी बनाइनुमा सरकारले सही गरेको हो वा होइन भन्ने होइन । बरु यसप्रकारका सम्भावित प्रतिकुल अवस्थाका बारेमा सरकारका पक्षबाट अनि हामी सर्वसाधारणका पक्षबाट पूर्वतैयारी गर्दै के कस्ता कदमहरू चालिनु अपरिहार्य हुन आउला त ? भन्ने चाहिँ पक्कै हो ।

 

सरकारी तवरबाट यस्तो अवस्थामा अर्थतन्त्र खस्किन नदिन तथा सर्वसाधारणको जनजीवन असामान्य बन्न नदिन पूर्वतैयारी स्वरुप गृहकार्य गरेर मात्र यस्ता बन्दाबन्दी निषेधाज्ञा प्रभावकारी बनाउन अत्यावश्यक देखिन्छ किनकि यस्ता अवस्था अचानक आइरहेका छैनन् । यस्ता अवस्था अनिश्चित समयसम्म निरन्तर आइरहने कुरामा कतै सन्देह नै छैन । आउने दिनहरूमा परिस्थितिले सम्बोधन गर्दै जाँदा कुनै पनि अवस्थामा पुनः यस्ता अवस्थालाई प्रभावकारी बनाउनै पर्नेसम्मको अवस्था विद्यमान रहँदा रहँदै सरकारी तवरबाट यस्तो अवस्थामा समेत अर्थतन्त्र स्वस्फूर्त रुपमा चलायमान बनी रहने विकल्पतिर सशक्ततापूर्वक अनि दृढतापूर्वक लागी पर्ने समय करीब पहिलो बन्दाबन्दीलाई सामान्य बनाइएकै बेला थियो । तर हाम्रो दुर्भाग्य नेतृत्व तह त्यतिखेर कुर्सीको खिचातानीमै व्यस्त रह्यो । पुनः दोश्रोपल्ट बिना कुनै पूर्वतैयारी निषेधाज्ञाका रुपमा सर्वसाधारणले अर्को प्रहार झेल्न विवश हुनु परेको थियो । फेरि पनि त्यसलाई सामान्य बनाइयो । अब फेरि तेश्रोपल्टको प्रहार झेल्नै पर्ने सँघारमा यतिखेर मुलुक छ । त्योभन्दा अगावै अर्थतन्त्रलाई सबलीकरण गर्नु अनि सर्वसाधारणको जनजीवन असामान्य बन्न नदिन अपरिहार्य रहेको तीतो यथार्थ जगजाहेर छ । पक्कै पनि यस्तो अवस्थामा भर्च्युअल दुनियामा हाम्रो स्वामित्वजन्य उपस्थिति आवश्यक छ र त्यतातिर अविलम्ब क्रियाशील हुनुको विकल्प देखिँदैन ।

 

एक जिम्मेवार नागरिकका हैसियतले हामीले पनि त्यस्तो प्रतिकुल अवस्थाम समेत हाम्रो जनजीवन अस्तव्यस्त हुन नदिइ सामान्य ढंगबाट अगाडि बढाउन प्लाटफर्म तैयार पार्ने समय यतिखेरै हो । निश्चित रुपमा त्यो प्लाटफर्म भर्च्युअल नै हो र त्यतातर्फ हामी सबैले सक्रियतापूर्क लागी पर्नै पर्छ ।

 

सर्वसाधारणका तर्फबाट यस्ता सम्भावित प्रतिकुल अवस्थाका लागि जनजीवन अस्तव्यस्त हुनबाट रोक्नका लागि के पहल गर्दैछौँ ? के जोहो गरेका छौँ ? भन्ने सवालको जवाफमा ध्यान केन्द्रित गर्नु अत्यावश्यक छ । समयले सम्बोधन गर्दै जाँदा परिस्थितिको आधारमा अब अनिश्चित समयसम्म समयान्तरमा प्रभावकारी बनीरहने तीतो यथार्थबाट हामी सर्वसाधारणले पनि मुख मोड्न मिल्दैन । यस अर्थमा, बन्दाबन्दी/निषेधाज्ञा लागू भएको अवस्थामा सरकारलाई गालीगलौच गर्ने अधिकार कम से कम जिम्मेवार नागरिकलाई पुग्दैन र हामी त्यसका लागि क्षमायोग्य समेत रहँदैनौ । एक जिम्मेवार नागरिकका हैसियतले हामीले पनि त्यस्तो प्रतिकुल अवस्थाम समेत हाम्रो जनजीवन अस्तव्यस्त हुन नदिइ सामान्य ढंगबाट अगाडि बढाउन प्लाटफर्म तैयार पार्ने समय यतिखेरै हो । निश्चित रुपमा त्यो प्लाटफर्म भर्च्युअल नै हो र त्यतातर्फ हामी सबैले सक्रियतापूर्क लागी पर्नै पर्छ ।

 

बिट मार्दामार्दै, भर्च्युअल दुनियाबाट वास्तवमै दुर्भाग्यपूर्ण ढंगले हामी नेपाली र हाम्रो मुलुक वर्जित रहेको अवस्थामा छौँ । यहाँसम्म कि भर्च्युअल उत्पादलाई त हाम्रो प्रभावकारी कानूनले उत्पाद (Product) नै मान्दैन तर अर्को कोणबाट हेर्दा भने बलमिचाइ जस्तो, बुझ पचाए जस्तो पनि भान हुन्छ । बैंक, इन्स्योरेन्स कम्पनी, स्कुल-कलेज, टेलिकम आदि क्षेत्रबाट हामीले लिने सेवाहरू निश्चित रुपमा वास्तविक (Actual) अथवा भनौ मूर्त (Tangible) नभएर भर्च्युअल अथवा अमूर्त (Intangible) नै छन् र यी क्षेत्रका हकमा भने प्रचलित कानूनले उत्पाद (Product) नै मानेर आइरहेको छ । दुःखको कुरो, यी क्षेत्रबाट ‍औँलामा गन्न सकिने व्यक्तिले मात्र फाइदा लिन सक्दछन् तर सर्वसाधारणले भने सेवा मात्र जसका लागि निश्चित शुल्क पनि भुक्तानी दिनु पर्ने अवस्था छ । सर्वसाधारणले बिना शर्त भर्च्युअल प्लाटफर्मबाट लाभान्वित हुने वातावरण बन्नु अपरिहार्य छ र यसका लागि सर्वसाधारणकै तह र तप्काबाट आवाज बुलन्द हुने बेला आइसकेको छ !

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...