नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै
विधान महाधिवेशन तयारी र सदस्यता नवीकरण लगायतका विषय छलफलका एजेन्डा
वि.सं.२०७८ साउन १६ शनिवार ०९:१०
2.4K
shares
काठमाडौं: नेकपा एमालेको स्थायी कमिटी बैठक आज तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्दै छ ।
अध्यक्ष केपी शर्मा ओलीको परामर्शमा महासचिव ईश्वर पोखरेलले बैठक बोलाएका हुन् ।
बैठकमा विधान महाधिवेशन तयारी र सदस्यता नवीकरणलगायतका विषय छलफलका एजेन्डा रहेको बताईएको छ ।
माधव नेपाल पक्षसँग सहमतिका लागि लामो समयदेखि बैठक बस्न सकेको थिएन । धेरै प्रयास भएपनि पार्टीलाई निष्क्रिय राख्न नमिल्ने भएकाले बैठक बोलाइएको बताईएको छ ।
वि.सं.२०७८ साउन १६ शनिवार ०९:१०




















