YouTube Link

देशभरका १२१ वडाका नयाँ क्रियाशील सदस्य मतदानबाट वञ्चित

पुराना सदस्यतालाई मात्र सदर गरी छानबिन समितिले नयाँ सदस्यतालाई १४औं महाधिवेशनपछि प्रक्रिया पुर्‍याएर कायम गर्ने गरी स्थगित

Facebook Link

काठमाडौं: कांग्रेसको १४औं महाधिवेशनमा देशभरका १ सय २१ वडाका नयाँ क्रियाशील सदस्य मतदानबाट वञ्चित हुने भएका छन् ।

 

देशभरका ६ हजार ७ सय ५३ वडा मध्ये १ सय २१ वडाको नयाँ सदस्यतामा विवाद देखिएर क्रियाशील सदस्यता छानबिन समितिले स्थगित गरेपछि ती वडाबाट नयाँ सदस्यता लिएकाहरूले मतदान प्रक्रियामा भाग लिन नपाउने भएका हुन् ।

 

छानबिन समितिले छानबिन गरेर बुझाएको प्रतिवेदन अनुसार देशभर १ सय २१ वडाको सदस्यता स्थगित गरिएको थियो ।

 

ती वडाबाट आएका पुराना सदस्यतालाई मात्र सदर गरी छानबिन समितिले नयाँ सदस्यतालाई १४औं महाधिवेशनपछि प्रक्रिया पुर्‍याएर कायम गर्ने गरी स्थगित गरेको हो ।

 

प्रतिवेदन अनुसार सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत भोक्राहा गाउपालिकाका ८ वटा वडाको सदस्यता स्थगित गरिएको छ ।

 

यस्तै कोशी गाउँपालिका १, बराह क्षेत्र नगरपालिका ११ को पनि सदस्यता स्थगित गरिएको छ ।

 

यसैगरी महोत्तरी जिल्लाको मनहरा सिसुवा नगरपालिका ८ र १०, सर्लाहीको बहरथहवा नगरपालिका ११, रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका  ६, माधवनारायण नगरपालिका १, २ र ३, दुर्गा भगवती गाउँपालिका ४, यमुनामाइ गाउँपालिका २ र ५, राजदेशी गाउँपालिका को सदस्यता पनि स्थगित भएको छ ।

 

यसैगरी पर्सा जिल्लाको क्षेत्र नम्बर ३ का सबै वडाको सदस्यता स्थगित गरिएको छ भने विरगंज महानगरपालिकाका २२, २७, २९ र ३१ वडा, बहुदरमाइ  नगरपालिका वडा नम्बर २ र ६, पसौगढी नगरपालिका ५, ६ र ७ को सदस्यता स्थगित गरिएको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

 

यस्तै काभ्रे जिल्लाको पाँचखाल नगरपालिका १२, ललितपुर जिल्लाको ललितपुर महानगरपालिका २८, महाकाल गाउँपालिका १, महालक्ष्मी नगरपालिका ६, काठमाडौंको टोखा नगरपालिका ८, १० र ११, नागार्जुनको २, ३ र ६, तारकेश्वरको ३ र ६, किर्तिपुर नगरपालिकाको २, दक्षिणकाली २, गोकर्णेश्वर १, २, ३, ४ वडाको पनि सदस्यता विवाद भएपछि स्थगित गरिएको छ ।

 

यसैगरी धादिङको रुबीभ्याली गाउँपालिकाको ६ वटै वडा, चितवनको रत्ननगर नगरपालिका ७, गुल्मीको मुसीकोट नगरपालिका ५, कपिलवस्तुको मायाँदेवी गाउँपालिका ३, कैलालीको क्षेत्र नम्बर २ को जानकी गाउँपालिकाको वडा नम्बर २, ५, ८ र ९ बाहेक २२ वटै वडाको सदस्यता स्थगित गरिएको छ ।

 

यस्तै डोल्पा जिल्लाको नयाँतर्फका सबै सदस्यता स्थगित गरिएको छ भने अछाम जिल्लाको कमलबजार नगरपालिका ७ पंचदेवल विनायक नगरपालिका १, २, ४ डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका ३ र अमरगढी नगरपालिका ५ को सदस्यता पनि विवाद भएपछि स्थगित गरिएको प्रतिवेदनमा उल्लेख छ ।

 

यसैगरी १३औं महाधिवेशनको छानबिन समितिबाट  सोलुखुम्बु जिल्लाको ५ सय १५ जनाको र बारा जिल्लाको १ सय ६६ वटा फाराम पनि यस पटक समेत सहमति कायम हुन नसकेपछि पार्टी नेतृत्व समक्ष पठाइएको छ ।

 

बारा र सप्तरी जिल्ला कार्यसमितिको क्रियाशील सदस्यता विवरण ढिला विवरण प्राप्त भएकाले पुरै जिल्ला भरका क्रियाशील सदस्यतालाई प्रतिवेदनमा राखिएको छैन । यो विषयलाई समाधान गर्न शीर्ष नेतृत्वमा जिम्मा लगाइसकिएको छ ।

 

यस्तै पार्टीको समायोजनका कारण सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलान्चोक, धनुषा, सर्लाही, कैलालीका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...