YouTube Link

सर्वोत्तम सिमेन्ट लिमिटेडले विशेष साधारणसभा आह्वान

Facebook Link

काठमाडौं:  सर्वोत्तम सिमेन्ट लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले आउँदो असार १० गते विशेष साधारणसभा डाकेको हो ।

 

कम्पनी सञ्चालक समितिको जेठ २५ गते बसेको बैठकले आउँदो असार १० गते विशेष साधारणसभा डाकेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित न्यौपाने टावरमा बिहान ११ बजेबाट सुरु हुनेछ। कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने निर्णय गरेको हो ।

 

सभाले गत आर्थिक २०७७/७८ सम्मको मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ४० करोड रुपैयाँको कुल कुल २०.१२४ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव अनुमोदन गर्नेछ । जसमा १९.११८ प्रतिशतले हुन आउने ६५ करोड रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ १.००६ प्रतिशतले हुन आउने ३ करोड ४२ लाख १० हजार ५२६ रुपैयाँ बराबरको नगद लाभांश रहेका छन् ।

 

सोही सभाले कम्पनीको हालको जारी तथा चुक्तापुँजी वृद्धि गरी संस्थापक र सर्वसाधारण सेयरधनीहरुबीचको पुँजीको अनुपात मिलान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । बोनस सेयर जारी र पुँजीको अनुपात मिलानपछिको व्यवस्थाअनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।

 

सभाले प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशनअनुसार समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।

 

सर्वोत्तम सिमेन्ट कम्पनीको यसअघि गत वर्ष माघ ५ गते भएको दोस्रो वार्षिक साधारणसभाले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । जसअनुसार कम्पनीले चुक्तापुँजीको १५ प्रतिशतले हुने कुल ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ।

 

कुल निष्कासन हुने साधारण सेयरमध्ये २४ लाख कित्ता संस्थागत लगानीकर्ता अन्तर्गत, स्थानीय जिल्लावासीलाई ८ लाख कित्ता र कम्पनीका कर्मचारी र अन्य सर्वसाधारणलाई २८ लाख कित्ता छुट्याइएको छ।

 

कम्पनी आन्तरिक मूल्यांकन तथा केही आधारहरु अध्ययन गर्दा प्रतिकित्ता सेयरको मूल्य ७५० रुपैयाँभन्दा बढी हुनेमा विश्वस्त रहेको छ । यद्यपि अन्तिम मूल्य भने संस्थागत योग्य लगानीकर्ताहरुद्वारा बोलकबोल विधिबाट निर्धारण हुने कम्पनीले जनाएको छ ।

 

आईपीओबाट प्राप्त रकममध्ये ४० प्रतिशत ऋण भुक्तानी गरी सतप्रतिशत ऋणमुक्त हुने र बाँकी रकमले उत्पादन क्षमता दोब्बर गर्ने रहेको र यसबाट ४ वर्षपछि वार्षिक प्रतिफल ७५ प्रतिशत भन्दा बढी हुन जाने प्रक्षेपण गरिएको कम्पनीले जनाएको छ।

 

आईपीओ निष्कासनका लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक तथा एनआईबीएल एस क्यापिटल र प्रभु क्यापिटललाई सहायक बिक्री प्रबन्धक नियुक्त गरेको छ।

 

इक्राबाट कम्पनीले आईपीओ रेटिङ बीबीबी प्लस पाएकोले कम्पनी लगानीकर्ताका लागि औसतभन्दा बढी राम्रो रहेको देखिन्छ। साथै, इक्रा रेटिङअनुसार कम्पनीको चुनढुंगा तथा ढुवानीको लागत अन्य सिमेन्ट उद्योगभन्दा कम रहेकोले कम्पनीले बढी प्रतिफल दिन सक्ने दाबी गरिएको छ।

 

यो कम्पनी २०६७ सालमा ई. विष्णुप्रसाद न्यौपानेको अगुवाइमा ७ जना स्वदेशी तथा विदेशी लगानीकर्ता मिलेर स्थापित भएको थियो। कम्पनीले २०७१ सालमा क्लिंकर उत्पादन तथा बिक्री गर्दै २०७३ सालमा सिमेन्ट उत्पादन गर्न थालेको हो। २०७६ साउनमा प्रालिबाट लिमिटेड कम्पनीमा परिणत भएको थियो।

 

यो पनि पढ्नुहोस् :

मेगा बैंक लिमिटेडले एसबी सल्युसन प्रालिसँग सहकार्य

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...