YouTube Link

पाँच दर्जन हाराहारीका वस्तुको अनलाइन र होम डेलिभरी सेवा फुकुवा

Facebook Link

काठमाडौं:  पाँच दर्जन हाराहारीका वस्तुको अनलाइनमार्फत बिक्री र होम डेलिभरी सेवा फुकुवा भएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै ती वस्तुको अनलाइन डेलिभरी सेवा खुला भएको हो ।

 

निषेधाज्ञामा अनलाइनमा आधारित ई–कमर्स डेलिभरी सेवामा प्रतिबन्ध नलगाउन जिल्ला प्रशासन कार्यालयका नाममा सोमबार सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो ।

 

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जारी गरेको मापदण्ड २०७७ को अनुसूची–१ ले तोकेको वस्तुका ई–कमर्स व्यवसायीले सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सेवा सुरुआत गर्न सक्नेछन्। सेवा सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पालाना भने अनिवार्य गर्न आदेशमै उल्लेख छ।

 

२०७७ को कार्यविधिमा तोकिएको मापदण्ड अनुसार डेलिभरीकर्ता पीसीआर नेगेटिभ भएको, पीपीई, मास्क, पन्जा लगाएको, सामाजिक दूरी कायम गरेर वस्तुको डेलिभरी गर्ने लगायतका कार्य गर्नुपर्नेछ।

 

अब पाँच दर्जन हाराहारीका वस्तुहरमा खाद्य परिकार, चामल तथा यसबाट बनेका परिकारहरु, दलहन गेडागुडी, चिनी, नुन, खाने तेल, पकाउन आवश्यक पर्ने सामाग्रीहरु, हरियो तरकारी, फलफूल, पानी, चाउचाउ र यसका परिकार, बिस्कुस्ट तथा कुकीज, ब्रेकफास्ट र यसका लागि आवश्यक खाद्य वस्तु, डेरी तथा दूधका परिकार, मासु तथा माछा, प्रशोधन गरिएको मासु, फ्रोजन फूड, गहुँ तथा पिठो, मसला, दूध तथा दूधजन्य पदार्थ, ड्राई फ्रूट्स, चिया तथा कफी, सफ्ट ड्रिङ्स, फाष्ट फूडका आइटम डेलिभरी गर्न पाइने भएको छ ।

 

बेबी प्रडक्टहरुमा बच्चाले पिउने दूध र यसका परिकार, डाइपर, वाइप्स्, बच्चाका खाद्यन्न, बच्चाको खाद्य आहारका लागि आवश्यक वस्तुहरु, छाला तथा यसका स्याहार उत्पादनहहरु, कपाल स्याहार र यसका उत्पादनहरु डेलिभरी गर्न पाइने भएको छ ।

 

व्यक्तिगत स्याहारका वस्तुहरुमा साबुन, फेसवास, सर्फ, स्याम्पो, मुख र यसको स्याहारका उप्तादनहरु, सेभिङ प्रडकट, व्यक्तिगत ग्रुमिङका उत्पादन, स्यानीटरी प्याड तथा यसका आवश्यक उत्पादनहरु डेलिभरी गर्न पाइने भएको छ ।

 

कुकुरका आहार र स्याहारका वस्तुहरुमा पेट फूड, पेट स्याहाँर सामाग्री, पेट औषधी, साथै व्यक्तिगत सुरक्षा सामग्रीहरु फेस मास्क, स्यानिटाइजर, पन्जा, घरयासी स्यानिटेसनका सामाग्रीहरु ट्वाइलेट क्लिनर, फ्लोर क्लिनर, कोठा क्लिनर, स्यानीटरी न्यापकिन, डेटरजेन्ट, टिस्युपेपर, लामखुट्टे धपाउने वस्तुहरु, कषि बिउ बिजन, औजार र औषधी तथा त्यससँग सम्बन्धित उत्पादनहरु डेलिभरी गर्न पाइने भएको छ ।

 

यो पनि पढ्नुहोस् :

मेगा बैंक लिमिटेडले एसबी सल्युसन प्रालिसँग सहकार्य

 

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...