प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भियतनाम भ्रमण सकी आज कम्बोडिया प्रस्थान
वि.सं.२०७६ वैशाख ३० सोमवार ०९:२५
786
sharesकाठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पाँच दिने भियतनाम भ्रमण सकी आज बिहान कम्बोडियाका लागि प्रस्थान गरेका छन् । भ्रमण अत्यन्तै सफल र फलदायी रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।
गत बैसाख २६ गते भियतनामतर्फ प्रस्थान गर्नुभएको प्रधानमन्त्री ओली भियतनाममा रहँदा समकक्षी न्गुएन सुआन फुकसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । यसैबीच नेपाल र भियतनाम बिच १६ बुँदे सहमति भएको थियो । प्रधानमन्त्री फुकको निमन्त्रणामा भियतनाम आएका प्रधानमन्त्री ओलीले भारत नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय बैसाख दिवसलाई सम्बोधन गरेका थिए ।
सरकारले औपचारिक पाटो सरकारको तर्फबाट र दोस्रो अन्तर्राष्ट्रिय बुद्ध जयन्तीका अवसरमा १ सय १२ राष्ट्रका प्रतिनिधिबीच बुद्धको जन्मस्थलको प्रतिनिधिको हैसियतले बुद्धका विचार, आदर्श र आजको दिनमा त्यसको सान्दर्भिकताको बारेमा विश्व समुदायलाई जानकारी दिन पाउँदा भ्रमण सार्थक भएको प्रधानमन्त्री ओलीले बताएका छन् ।
वि.सं.२०७६ वैशाख ३० सोमवार ०९:२५