Rajshow Bivag

संस्कृतिविद् सत्यमोहन जोशी एक सय वर्षमा प्रवेश, सम्मानस्वरुप ललितपुर महानगरपालिकामा सार्वजनिक बिदाको घोषणा

Departmant of helth services

ललितपुर: संस्कृतिविद् सत्यमोहन जोशी आज १०० वर्षमा प्रवेश गर्नुभएको छ । संस्कृतिविद् जोशी विसं १९७७ साल बैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिनु भएको हो । नेपाली लोकसंस्कृतिका लागि पहिलोपटक गद्य तर्फ जोशीले मदन पुरस्कार समेत प्राप्त गर्नुभएको छ । एक सय वर्षमा प्रवेश गरेको अवसरमा ललितपुर महानगरपालिकाले आज उहाँको सम्मानस्वरुप सार्वजनिक बिदा समेत दिएको छ ।

नेपाली भाषा कला, संस्कृतिको संरक्षण संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा पुर्याएको योगदानको सम्मान स्वरुप महानगरपालिकाले जोशीको सम्मानमा ललितपुरको मंगलबजारबाट बाजागाजासहित नगर परिक्रमा गराइ पुल्चोकमा विशेष कार्यक्रम गर्दै छ । त्यस्तै रक्तदान तथा दीपावली कार्यक्रम पनि राखेको छ । ललितपुर महानगरपालिकाभित्र स्थायी बसोवास गर्ने एक सय वर्ष पूरा गरेका अन्य जेष्ठ नागरिकहरुलाई पनि सम्मान गर्ने तयारी गरेको छ ।

जोशीको जन्म शताब्दीमा विभिन्न कार्यक्रम गरेर वर्षभरि नै मनाउने निर्णय महानगरले गरेको छ । महानगरपालिकाका अनुसार सेतो चैत्य पुस्तक अंग्रेजीमा प्रकाशन गर्ने, चारुमति पुस्तक नेपालीमा प्रकाशन गर्ने, जोशीको तस्वीर अंकित व्यानर सगरमाथामा फहराउने, तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्न पहल गर्नेलगायतका कार्यक्रम तय भएको छ ।

प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथासङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित छन् । तीन पटकसम्म मदन पुरस्कार प्राप्त गरेका एक मात्र नेपाली स्रष्टा सत्यमोहन जोशीलार्इ नेपाली भाषा कला, संस्कृतिको संरक्षण विकासमा गरेको योगदानको कदर स्वरुप जोशीलाई सुप्रबल गोर्खा दक्षिण बाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको थियो । नेपाल सरकारवापत पनि उहाँ उज्ज्वल कीतिर्मान राष्ट्रदीपले सम्मानित भैसक्नुभएको छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...