YouTube Link

पहाड-मधेश सद्भावको सेतुः ‘मिताआबकोनाचलब’

Khanepani Dhal
Facebook Link

काठमाडौं: पहाड र मधेशलाई हेर्ने दृष्टिकोण परिवर्तन गरी सद्भाव र एकता कायम गर्न आह्वान गरी तयार पारिएको नाटक ‘मिताआबकोनाचलब’ अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ ।

कलाकार रामभजन कामतको लेखन तथा निर्देशन रहेको नाटकमा पहाडी र मधेशी नागरिकबीच उत्पन्न मतभेद, यस काकारक र आपसी सद्भावका लागि समुदायबाटै गरिएका प्रयत्नका विषय उठान गरिएको छ । वैशाख २० गतेदेखि आगामी जेठ पाँच गतेसम्म नाटक मञ्चन हुने निर्देशक कामतले बताए । दुई पटक मधेश आन्दोलनका क्रममा पहाडी र मधेशी समुदायबीचको अन्तर द्वन्द्वले ज्यादै नकारात्मक प्रभाव पारेको थियो । जसका कारण तराईमा बस्ने पहाडीमूलका र पहाडमा बस्ने मधेशीमूलका नेपाली जनताले लामो समयसम्म तनाव झेल्नु पर्यो, तर भावनात्मक र आपसी एकताका कारण यो अवस्था लामो समय रहेन, जनतामा एकता पुनःकायम भयो, यही विषयलाई नाटक मार्फत प्रस्तुत गरिएको कामतको भनाई छ ।

‘मिताआबकोनाचलब’ले मधेश आन्दोलनपछिको तराईका नागरिकमा सिर्जित मनोविज्ञानलाई पनि प्रस्तुत गरेको बताए । मिताआबकोनाचलब अर्थात्मितज्यू अब कसरी जाने ? नाटकमा सामान्य कृषि कर्म गर्ने मानिसको परिवारमा पारेको असरलाई जीवन शैलीमा प्रस्तुत गरिएको छ । पहाडी खस र मिथिला संस्कृतिको संयोजनले नाटकलाई अन्तर आञ्चलिक विशेषता प्रदान गरेको छ । नाटकमा नेपाली र मैथिली दुवै भाषा प्रयोग गरिएको छ । निर्देशक कामतसहित सुनिता घिमिरे, कौशिला कामत, मिलन नेपाली, विकास पराजुली, राजेश ठाकुर, भरत कार्की, सञ्जय गुप्ता, आदित्य मिश्रा, अमृता श्रेष्ठ, अमृत स्वाँर र शंकर पोखरेलको अभिनय रहेको छ ।

 

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ वैशाख २८ आइतवार १६:२२

काठमाडौं: तामाङ सांगीतिक इतिहासमा विशेष स्थान ओगटेको कालजयी गीत ‘जत्तुकु...

तीन किरातको संयुक्त आयोजनामा हुने सांगीतिक प्रस्तुतिका लागि महेश सुनुवार कुवेत प्रस्थान

तीन किरातको संयुक्त आयोजनामा हुने सांगीतिक प्रस्तुतिका लागि महेश सुनुवार कुवेत प्रस्थान

वि.सं.२०८२ वैशाख २५ बिहीवार ०६:१४

काठमाडौं: किरातीहरुको महान् पर्व साकेला उभौली, ष्याँदर-पिदारको अवसरमा कुवेतमा हुने...

आयो सुनुवार कोइँचहरुको ‘ष्याँदर सलाक’ पूरा भिडियो सहित

आयो सुनुवार कोइँचहरुको ‘ष्याँदर सलाक’ पूरा भिडियो सहित

वि.सं.२०८२ वैशाख २४ बुधवार १६:२८

काठमाडौं: सुनुवार कोइँचहरुको ष्याँदर सलाकको गीति भिडियो यूट्युव च्यानल मार्फत...

‘प्रज्ञा नारी काव्य स‌ङ्गोष्ठी’ मा कार्यपत्रसँगै सिर्जना वाचन

‘प्रज्ञा नारी काव्य स‌ङ्गोष्ठी’ मा कार्यपत्रसँगै सिर्जना वाचन

वि.सं.२०८२ वैशाख २३ मंगलवार १३:३६

काठमाडौं: नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले सबै लिङ्ग, जातजाति र...

‘मिसेस नेपाल अस्ट्रेलिया’ आयोजनाको घोषणा, आवेदन फारम खुल्ला 

‘मिसेस नेपाल अस्ट्रेलिया’ आयोजनाको घोषणा, आवेदन फारम खुल्ला 

वि.सं.२०८२ वैशाख १७ बुधवार १०:१८

अस्ट्रेलिया: हिमाली कल्चरग्रुप मेलवन अस्ट्रेलियाको आयोजना, इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा ...

२८औँ दिनपनि शिक्षकहरु सडकमा (फोटो समाचार सहित)

२८औँ दिनपनि शिक्षकहरु सडकमा (फोटो समाचार सहित)

वि.सं.२०८२ वैशाख १६ मंगलवार १४:४५

काठमाडौं: गत चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन आज...