YouTube Link

प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनाम प्रस्थान गर्दै

Facebook Link

काठमाडौं: एक साता लामो भियतनाम र कम्बोडियाको भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज त्यसतर्फ प्रस्थान गर्दैछन् । भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा ती देशको औपचारिक भ्रमणका लागि त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईलगायतको टोली रहेको छ । भ्रमणका क्रममा भियतनामसँग तीन समझदारी गर्ने तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रवेशाज्ञा, व्यापार तथा लगानी प्रवर्द्धन र दिपक्षीय संयन्त्रसम्बन्धी समझदारी गर्ने सरकारको तयारी छ । कुटनीतिक सम्बन्ध रहेपनि त्यो संघन हुन नसकेकाले भ्रमण तय गरिएको र दुई देशबीचको सम्बन्धलाई यो भ्रमणले थप मजबुद बनाउने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए ।

त्यस्तै कम्बोडियासँग विगतमा भएका समझदारी कार्यान्वयन गर्न यो भ्रमण सफल हुने अपेक्षा गरिएको छ । कम्बोडियाका प्रधानमन्त्री हुन सेन नेपाल भ्रमणमा आएका बेला नेपाल र कम्बोडियाबीच द्विपक्षीय हवाई, द्विपक्षीय सहयोग र सांस्कृति आदानप्रदान तथा व्यापार प्रबर्द्धन गर्ने समझदारी भएको थियो ।

तिनै समझदारीलाई यो भ्रमणले कार्यान्वयन तहमा पुर्या्उने अपेक्षा गरिएको छ । प्रधानमन्त्रीको विदेश भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले हिजो गरेको पत्रकार सम्मेलनमा भ्रमणमा पर्यटनकै विषयमा छलफल हुने जानकारी दिइएको थियो ।

एक साता लामो भ्रमण सकेर प्रधानमन्त्री नेतृत्वको टोली जेठ १ गते स्वदेश फर्कने छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...