Health Ad
YouTube Link

प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनाम प्रस्थान गर्दै

Khanepani Dhal
Facebook Link

काठमाडौं: एक साता लामो भियतनाम र कम्बोडियाको भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज त्यसतर्फ प्रस्थान गर्दैछन् । भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा ती देशको औपचारिक भ्रमणका लागि त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईलगायतको टोली रहेको छ । भ्रमणका क्रममा भियतनामसँग तीन समझदारी गर्ने तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रवेशाज्ञा, व्यापार तथा लगानी प्रवर्द्धन र दिपक्षीय संयन्त्रसम्बन्धी समझदारी गर्ने सरकारको तयारी छ । कुटनीतिक सम्बन्ध रहेपनि त्यो संघन हुन नसकेकाले भ्रमण तय गरिएको र दुई देशबीचको सम्बन्धलाई यो भ्रमणले थप मजबुद बनाउने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए ।

त्यस्तै कम्बोडियासँग विगतमा भएका समझदारी कार्यान्वयन गर्न यो भ्रमण सफल हुने अपेक्षा गरिएको छ । कम्बोडियाका प्रधानमन्त्री हुन सेन नेपाल भ्रमणमा आएका बेला नेपाल र कम्बोडियाबीच द्विपक्षीय हवाई, द्विपक्षीय सहयोग र सांस्कृति आदानप्रदान तथा व्यापार प्रबर्द्धन गर्ने समझदारी भएको थियो ।

तिनै समझदारीलाई यो भ्रमणले कार्यान्वयन तहमा पुर्या्उने अपेक्षा गरिएको छ । प्रधानमन्त्रीको विदेश भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले हिजो गरेको पत्रकार सम्मेलनमा भ्रमणमा पर्यटनकै विषयमा छलफल हुने जानकारी दिइएको थियो ।

एक साता लामो भ्रमण सकेर प्रधानमन्त्री नेतृत्वको टोली जेठ १ गते स्वदेश फर्कने छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
आज नेप्से परिसूचक ५४ दशमलव ६२ अङ्कले गिरावट

आज नेप्से परिसूचक ५४ दशमलव ६२ अङ्कले गिरावट

वि.सं.२०८१ चैत १० आइतवार १७:२९

काठमाडौं: निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो...

३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

वि.सं.२०८१ चैत ९ शनिवार ०६:५८

काठमाडौं: नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ ।...

हेर्नुहोस् आज २०८१ चैत ९ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ चैत ९ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ चैत ९ शनिवार ०६:२३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

विभिन्न क्षेत्रका व्यक्तिहरुले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

विभिन्न क्षेत्रका व्यक्तिहरुले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

वि.सं.२०८१ चैत ८ शुक्रवार १५:३३

काठमाडौं: प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका व्यक्तिहरु पुरस्कृत भएका...

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

वि.सं.२०८१ चैत ८ शुक्रवार १५:१५

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार...

हेर्नुहोस् आज २०८१ चैत ८ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ चैत ८ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ चैत ८ शुक्रवार ०६:४८

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...