YouTube Link

माओत्सेतुङको भनाइलाई सन्दर्भ बनाउँदै प्रचण्डले भने केपी ओली कुहिएको अण्डा हुन्

Facebook Link

काठमाडौं: नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुहिएको अण्डासँग तुलना गरेका छन् ।

शनिबार आयोजित ‘पार्टी समायोजन तथा पार्टी प्रवेश’ कार्यक्रममा सम्बोधन गरेका उनले माओत्सेतुङको भनाइलाई सन्दर्भ बनाउँदै प्रधानमन्त्री ओलीलाई अण्डासँग तुलना गरेका हुन् ।

‘एकचोटी माओत्सेतुङले बिग्रेका कम्युनिस्टका बारेमा भन्दा सरल उदाहरण दिनुभएको थियो- अण्डा स्वास्थ्यका लागि हाम्रो हुन्छ । प्रोटिनयुक्त हुन्छ । धेरै चिज प्राप्त हुन्छ । राम्रो कुरा हो । तर, अण्डा कुहियो भने त्योभन्दा गन्हाउने चिज अरु केही पनि हुँदैन ।

कम्युनिस्टहरु राम्रा हुन्छन् । तर, गन्हाउन थाले र बिग्रिन थाले, कुहिए भने त्योभन्दा नराम्रो कोही पनि हुँदैन । केपी ओली त्यही कुहिएको अण्डा हो’, प्रचण्डले भने, ‘कुहिएको, गन्हाएको अण्डा त खाँइदैन नि त ! त्यसलाई गाडिन्छ । या जलाइन्छ ।’

कार्यक्रममा माधवकुमार नेपालले केपी ओलीले फुर्ति देखाउने दिन गएको बताएका छन् । उनले ओलीलाई राजीनामा दिन आग्रह गरे । ‘राजीनामा दिनुस्, नैतिकताको सानो अंश भए पनि देखाउनुस्’, उनले भने, ‘धेरै फूर्ति नदेखाउनुस्, फुर्ति देखाउने दिन गए ।’

उनले अहिले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताए । त्यसका लागि प्रतिगमनका विरुद्ध उभिएकाहरु एकै ठाउँमा उभिनुपर्ने नेपालको भनाइ छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...