YouTube Link

स्पेनिस ला लिगामा एट्लेटिकोको १० अंकको अग्रता

Facebook Link

एजेन्सी: स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिडले काडिजमाथि जित निकालेको छ।

रामोन डी कारान्जामा भएको खेलामा घरेलु टोली काडिजलाई ४-२ गोल अन्तरले हराउँदै स्पेनिस ला लिगामा एट्लेटिको शीर्ष स्थानमा अंकदुरी बढाएको हो।

२८ औं मिनेटमा एट्लेटिकोका लुइस स्वारेजले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए।

तर ३५ औं मिनेटमा घरेलु टोलीका अल्भारो नेग्रेडोले गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यस्तै ४४ औं मिनेटमा सउल निग्युजले गोल गर्दै एट्लेटिको लाई अग्रता दिलाए र पहिलो हाफमा एट्लेटिको २-१ ले अघि रह्यो।

दोस्रो हाफमा एट्लेटिकोका लुइस स्वारेजले अर्को गोल थपे।

उनले खेलको ५० औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए।

उता काडिजका नेग्रेडोले ७१ औं मिनेटमा फेरि गोल फर्काए पनि ८८ औं मिनेटमा कोकले गोल गर्दा एट्लेटिकोले खेल ४-२ ले आफ्नो पक्षमा पार्यो।

जितसँगै एट्लेटिकोले तालिकामा १० अंकको अग्रता बनाएको छ।

शीर्ष स्थानमा रहेको एट्लेटिकोले १९ खेलबाट ५० अंक जोड्दा दोस्रो स्थानमा रहेको रियलले २० खेलबाट ४० अंक बनाएको छ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%E0%A4%86%E0%A4%87%E0%A4%B8%E0%A5%80%E0%A4%B8%E0%A5%80-%C2%A5%E0%A4%AF%E0%A4%BE%E0%A4%95%E0%A4%BF%E0%A4%99%E0%A4%AE%E0%A4%BE-%E0%A4%95%E0%A5%81%E0%A4%A8-%E0%A4%A6%E0%A5%87%E0%A4%B6-%E0%A4%95

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...