देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम शून्य दशमलव ८ डिग्रीमा झर्यो
वि.सं.२०७७ पुस १६ बिहीवार १३:०१
1.6K
shares
काठमाडौं: आज काठमाडौंको न्यूनतम तापक्रम शून्य दशमलव ८ डिग्रीमा झरेको छ ।
काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । अहिले देशभर चिसो बढेको छ ।
तराई क्षेत्रमा बाक्लो हुस्सु लागेका कारण जनजीवन प्रभावित बनेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियस थियो ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १६ दशमलव ६ डिग्री सेल्सियस छ ।
यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव ५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री सेल्सियस छ ।
र यो पनि…
मिस युनिभर्स नेपाल २०२० को ताज अनिष्का शर्मालाई
१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्छौँ मन्त्री रावल
ताप्लेजुङको पाथीभरा क्षेत्रमा लागेको डढेलोका कारण दुर्लभ वन्यजन्तु रेडपाण्डाको बासस्थान नष्ट
वि.सं.२०७७ पुस १६ बिहीवार १३:०१




















