YouTube Link

पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोको विश्वकप जित्ने सपना

Facebook Link

काठमाडौं : पोर्चुगलका तथा युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोले अझै धेरै वर्ष फुटबल खेललाई निरन्तरता दिने आशा राखेका छन् ।

विश्वकप जित्नु उनको ड्रिम रहेको छ ।

पाँच पटकको बालोन डे ओर विजेता रोनाल्डो यस सिजन सिरी ए मा सर्वाधिक गोलकर्ताको रुपमा छन् ।

यद्यपि साविक विजेता युभेन्ट्स भने शीर्ष स्थानको एसी मिलानभन्दा १० अंकलेपछि रहँदै छैटौं स्थानमा छ ।

३५ वर्षीय रोनाल्डोलाई अन्तर्राष्ट्रियस्तरमा कीर्तिमानी १०९ गोल गरेका इरानका अली दाईको कीर्तिमान बराबरी गर्न ७ गोल आवश्यक छ ।

उमेरले कुनै असर गर्दैन ।

महत्वपूर्ण भनेको मन हो,’ रोनाल्डोले भने , ‘यदि क्रिस्टियानो रोनाल्डले राम्रो छ भने त्यसले असर गर्दैन ।

तपाईंलाई थाहा छैन भोलि के हुनेछ । म वर्तमान अवस्थामा बाँच्छु ।’

‘यो क्षण राम्रो छ । म खुसी छु । मेरो जीवनमा मैले राम्रो अनुभव गरेको छु ।

मैले अझ धेरै वर्ष खेल्ने मेरो आशा छ तर तपाईंलाई केही थाहा हुँदैन,’ उनले भने, ‘यो फुटबल हो ।

भोलि के हुँदैछ हामीलाई थाहा हुँदैन ।

जब म युवाहरुसँग कुरा गर्छु म उनीहरुलाई यो क्षणमा रमाइलो गर्नुस् ।

भन्छु किनकि हामीलाई थाहा हुँदैछ के हुनेछ भनेर  मेरो आँखाले भविष्य धेरै राम्रो देखेको छ ।

त्यसैले म यसमा खुसी छु ।’

रोनाल्डोले आफ्नो करियर पोर्चुगिज क्लब स्पोर्टिङबाट सुरु गरेका थिए ।

जहा उनले सन् २००२ देखि २००३ सम्म ३१ खेल खेले ।

त्यसपछि उनी १८ वर्षको उमेरमा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड पुगे ।

युनाइटेडमा ६ वर्ष बिताउँदा उनले २९२ खेल खेले ।

त्यसपछि सन् २००९ मा उनी स्पानिस क्लब रियल मड्रिड पुगे ।

२०१८ सम्म रियलमा खेलेर उनी इटालियन क्लब युभेन्ट्स गएका थिए ।

सन् २०१६ मा रोनाल्डोले पोर्चुगलका लागि युरो कप जिते ।

रोनाल्डोले अब आफ्नो ड्रिम विश्वकप भएको बताएका छन् ।

सन् २०२२ मा कतारमा फिफा विश्वकप हुँदा रोनाल्डो ३७ वर्ष हुनेछन् ।

उनले विश्वकपमा पोर्चुगलको सम्भावना रहेको समेत बताएका छन् ।

उनी २०२० मा स्थगित भएको युरोपकपमा पनि विभिन्न कीर्तिमान नजिक छन् ।

तर उनको सम्भावित उपलब्धि हेर्न दर्शकहरु स्टेडियमा प्रवेश पाउँछन् पाउँदैनन् निश्चित छैन ।

‘मलाई दर्शकविना स्टेडियममा खेल्न मन पर्दैन ।

यो सर्कस जस्तै हुन्छ तर तपाईं जोकर देख्नुहुन्न,’ रोनाल्डोले भने, ‘यस महामारीले मानिसहरूलाई बौलाहा बनाएको छ ।

मलाई आशा छ कि चाँडै उनीहरूले स्टेडियमको ढोका खोल्न सक्नेछन् ।

हामीले यससँगै बाँच्नु पर्छ, हामीले सामान्य जीवनको लागि प्रयास गर्नुपर्दछ ।

तर निस्सन्देह हामीले नियमहरूको सम्मान गर्नुपर्दछ ।

तर फ्यानहरु बिना खेल्नु, मलाई यो वास्तवमै मनपर्दैन ।’

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a5%a7%e0%a5%a6-%e0%a4%94%e0%a4%81-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a4%95%e0%a5%81%e0%a4%a6-%e0%a4%aa%e0%a5%8d/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...