YouTube Link

पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोको विश्वकप जित्ने सपना

Facebook Link

काठमाडौं : पोर्चुगलका तथा युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोले अझै धेरै वर्ष फुटबल खेललाई निरन्तरता दिने आशा राखेका छन् ।

विश्वकप जित्नु उनको ड्रिम रहेको छ ।

पाँच पटकको बालोन डे ओर विजेता रोनाल्डो यस सिजन सिरी ए मा सर्वाधिक गोलकर्ताको रुपमा छन् ।

यद्यपि साविक विजेता युभेन्ट्स भने शीर्ष स्थानको एसी मिलानभन्दा १० अंकलेपछि रहँदै छैटौं स्थानमा छ ।

३५ वर्षीय रोनाल्डोलाई अन्तर्राष्ट्रियस्तरमा कीर्तिमानी १०९ गोल गरेका इरानका अली दाईको कीर्तिमान बराबरी गर्न ७ गोल आवश्यक छ ।

उमेरले कुनै असर गर्दैन ।

महत्वपूर्ण भनेको मन हो,’ रोनाल्डोले भने , ‘यदि क्रिस्टियानो रोनाल्डले राम्रो छ भने त्यसले असर गर्दैन ।

तपाईंलाई थाहा छैन भोलि के हुनेछ । म वर्तमान अवस्थामा बाँच्छु ।’

‘यो क्षण राम्रो छ । म खुसी छु । मेरो जीवनमा मैले राम्रो अनुभव गरेको छु ।

मैले अझ धेरै वर्ष खेल्ने मेरो आशा छ तर तपाईंलाई केही थाहा हुँदैन,’ उनले भने, ‘यो फुटबल हो ।

भोलि के हुँदैछ हामीलाई थाहा हुँदैन ।

जब म युवाहरुसँग कुरा गर्छु म उनीहरुलाई यो क्षणमा रमाइलो गर्नुस् ।

भन्छु किनकि हामीलाई थाहा हुँदैछ के हुनेछ भनेर  मेरो आँखाले भविष्य धेरै राम्रो देखेको छ ।

त्यसैले म यसमा खुसी छु ।’

रोनाल्डोले आफ्नो करियर पोर्चुगिज क्लब स्पोर्टिङबाट सुरु गरेका थिए ।

जहा उनले सन् २००२ देखि २००३ सम्म ३१ खेल खेले ।

त्यसपछि उनी १८ वर्षको उमेरमा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड पुगे ।

युनाइटेडमा ६ वर्ष बिताउँदा उनले २९२ खेल खेले ।

त्यसपछि सन् २००९ मा उनी स्पानिस क्लब रियल मड्रिड पुगे ।

२०१८ सम्म रियलमा खेलेर उनी इटालियन क्लब युभेन्ट्स गएका थिए ।

सन् २०१६ मा रोनाल्डोले पोर्चुगलका लागि युरो कप जिते ।

रोनाल्डोले अब आफ्नो ड्रिम विश्वकप भएको बताएका छन् ।

सन् २०२२ मा कतारमा फिफा विश्वकप हुँदा रोनाल्डो ३७ वर्ष हुनेछन् ।

उनले विश्वकपमा पोर्चुगलको सम्भावना रहेको समेत बताएका छन् ।

उनी २०२० मा स्थगित भएको युरोपकपमा पनि विभिन्न कीर्तिमान नजिक छन् ।

तर उनको सम्भावित उपलब्धि हेर्न दर्शकहरु स्टेडियमा प्रवेश पाउँछन् पाउँदैनन् निश्चित छैन ।

‘मलाई दर्शकविना स्टेडियममा खेल्न मन पर्दैन ।

यो सर्कस जस्तै हुन्छ तर तपाईं जोकर देख्नुहुन्न,’ रोनाल्डोले भने, ‘यस महामारीले मानिसहरूलाई बौलाहा बनाएको छ ।

मलाई आशा छ कि चाँडै उनीहरूले स्टेडियमको ढोका खोल्न सक्नेछन् ।

हामीले यससँगै बाँच्नु पर्छ, हामीले सामान्य जीवनको लागि प्रयास गर्नुपर्दछ ।

तर निस्सन्देह हामीले नियमहरूको सम्मान गर्नुपर्दछ ।

तर फ्यानहरु बिना खेल्नु, मलाई यो वास्तवमै मनपर्दैन ।’

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a5%a7%e0%a5%a6-%e0%a4%94%e0%a4%81-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a4%95%e0%a5%81%e0%a4%a6-%e0%a4%aa%e0%a5%8d/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...