यो अन्दोलन ट्रेलर मात्र हो, ठूलो आँधी आउन बाँकी छः प्रचण्ड
वि.सं.२०७७ पुस १४ मंगलवार १६:२७
1.8K
shares
काठमाडौं: प्रतिनिधिसभा विघटनविरुद्धको सभालाई सम्बोधन गर्दै नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीविरुद्ध कडा टिप्पणी गरेका छन् ।
विघटनविरुद्ध आयोजित विरोध सभालाई भृकुटीमण्डपमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओलीलाई बुझ्न सकिएन, यसमा जनतासँग क्षमा याचना गर्न चाहन्छु ।’ प्रचण्डले अघि भने, ‘ओली गणतन्त्रवादी आन्दोलनमा पक्षमा छैनन् भन्ने पनि थाहा थियो, बयलगाढाको सिद्धान्त पनि थाहा थियो’, उनले भने, ‘उहाँले जनताको आन्दोलनको आँधी आयो, हुरी आयो, मैले पनि मानिदिएँ भन्नुभयो । हामीले सच्चिनुभयो होला भन्ने मान्यौं ।’
प्रचण्डले ओली गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक सिद्धान्तको विरुद्धमा रहेको आरोप लगाए । प्रचण्डले पार्टी एकताको प्रस्ताव लिएर सबैभन्दा पहिले आफूनै ओलीको निवासमा गएको स्मरण गरे ।
अर्को प्रसंगमा प्रचण्डले प्रतिनिधिसभा भंग नभएको बताए । उनले आफूहरु जीवित रहेको भन्दै केपी ओलीको सरकारमात्रै विघटन भएको बताए । प्रचण्डले भने– केपी ओलीले संविधानविरुद्धको काम गरेर आफूलाई कलंकको टीका लगाएका छन् । जबसम्म उनले पश्चाताप गर्दैनन्, म अपराधी हुँ भन्ने छैनन् तबसम्म उनलाई इतिहासले माफ गर्ने छैन ।
प्रचण्डले सर्बोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गरे । आफ्नो सभा अदालतलाई फैसलाको लागि सहजीकरणका लागि आयोजना गरिएको बताए ।
उनले भने– संविधानको अक्षर र भावनालाई सर्बोच्च अदालतले सम्मान गर्नेछ, म सोच्न पनि सक्दिनँ सम्मानित अदालतले संविधानको मर्म र भावना बुझ्दैन भनेर । यो अदालतलाई फैसलाका लागि सहज होस भनेर सहजीकरण पनि हो । नत्र यो अन्दोलन ट्रेलरमात्र हो, ठूलो आँधी आउन बाँकी छ ।
र यो पनि पढ्नुहोस्ः
निरंकुश बाटो समातेका ओलीको आयु सकियो: माधव नेपाल
पानी जहाज र घरघरमा ग्यास पाइप खोई ?: झलनाथ खनाल
पछिल्लो राजनीतिक घटनाक्रमपछि विप्लव र वैद्य एकै ठाउँमा
वि.सं.२०७७ पुस १४ मंगलवार १६:२७




















