निरंकुश बाटो समातेका ओलीको आयु सकियो: माधव नेपाल
वि.सं.२०७७ पुस १४ मंगलवार १५:४६
1.7K
shares
काठमाडौं: संसद विघटनविरुद्धको सभालाई सम्बोधन गर्दै माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको निरंकुश बाटो समातेका केपी ओलीको आयु सकिएको बताएका छन् ।
भृकुटीमण्डपमा मंगलबार आयोजित विरोधसभामा बोल्दै नेपालले भने– बयलगाडा चढेर वासिङ्टन पुग्न सकिँदैन महामहिम केपी शर्मा ओलीजीले बोल्नुभएको थियो ।
ओलीलाई गणतन्त्रप्रति माया नभएको नेपालले आरोप लगाए ।
ओलीलाई संसद विघटन गर्नुको औचित्य पुष्टी गर्न चुनौति दिँदै उनले पार्टीमा विवाद निम्त्याउन नै ओलीले अनेक हर्कत गरेको आरोप लगाए ।
ओली अझै सुध्रने आश गरेको भन्दै उनले भने– अझै सुध्रिने आशा गरेर अनुशासनको कारकाही गरेका छौं ।
केन्द्रीय सदस्य पद बाँकी नै छ । माफी मागेर आउनुहुन्छ भने हामी स्वीकार्छौ ।
भीरबाट लड्ने गाईलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन ।
वि.सं.२०७७ पुस १४ मंगलवार १५:४६




















