नेकपा विवादः ओली पक्षको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा जारी, दाहाल-नेपाल समूहको अपराह्न १ बजे
वि.सं.२०७७ पुस ७ मंगलवार ११:२४
1.7K
shares
काठमाडौं: नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा सुरू भएको छ ।
दाहाल-नेपाल समूहले अपराह्न १ बजे केन्द्रीय कमिटी बैठक डाकेका बेला ओलीले त्यसअघि नै ओलीले बैठक बोलाएका छन् ।
बैठकमा प्रचण्डनिकट मानिएका नेताद्वय टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी भएका छन् ।
पार्टी उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल भने बैठकमा सहभागी छैनन् ।
नेकपाका एक नम्बर अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई स्थायी कमिटी बैठकबाट साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गर्न गरिएको प्रस्तावलाई मंगलबारको केन्द्रीय कमिटीबाट अनुमोदन गर्न दाहाल-नेपाल समूह लागेपछि ओलीले त्यसअघि नै अर्का अध्यक्ष दाहाललाई अनुशासनको कारबाही गरेको अनुमोदन गराउँदैछन् ।
सोमबार दाहाल-नेपाल पक्षबाट लीलामणि पोखरेलले निर्वाचन आयोगलाई ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको व्यहोराको पत्र दर्ता गरिसकेका छन् ।
स्थायी कमिटीको सोही निर्णयलाई अनुमोदन गर्न आजै अपराह्न १ बजे दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ ।
दुवै पक्ष विभाजनको औपचारिक घोषणाअघि पार्टीको संस्थापन आफू भएको दाबीसहित निर्वाचन आयोगमा पुग्नेछन् ।
र यो पनि पढ्नुहोस्ः
वि.सं.२०७७ पुस ७ मंगलवार ११:२४



















