YouTube Link

कोभिडविरुद्ध लड्न आशाको दियो बाल्नु पर्ने युनिसेफको भनाई

World Cup 2026
Facebook Link

एजेन्सीः युनिसेफका कार्यकारी निर्देशक हेनेरिएटा फोरले कोभिड विरुद्ध लड्न सबैले आशाको दियो बाल्नुपर्ने बताइन् । संयुक्त राष्ट्रसंघीय महासभाको कोभिड–१९ सम्बन्धी विशेष सत्रमा सम्बोधनका क्रममा कार्यकारी निर्देशक फोरले कोभिड–१९ महामारी नयाँ चरणमा प्रवेश गरेपनि सबैले आशाको दियो बल्नुपर्ने बताउनुभएको हो ।
सम्बोधनका क्रममा फोरले आफ्नो जीवनकालमा देखेका संकटहरुमध्ये कोरोना महामारी एउटा वास्तविक संकटको रूपमा देखा परेको बताइन् । विश्वको जुनसुकै कुनामा बसोबास गर्ने भएतापनि हामी सबैलाई प्रभावित पारिरहेकोले सबै एकजुट हुनुपर्ने उनको धारणा थियो ।

कोभिड–१९ विरुद्वको खोपमा न्युन तथा निम्न मध्यम आय भएका देशहरूको पहुँच सुनिश्चित गर्न युनिसेफ कोभ्याक्स फसिलिटीको अग्रिम बजार प्रतिवद्वतामा आवद्व भएको कार्यकारी निर्देशक फोरले बताइन् । खोप उपलब्ध हुने समयमा कुनै पनि देश नछुटुन भनि सुनिश्चित गर्नको लागि लागिपरेको दाबी उनको छ ।

युनिसेफ झन्डै १०० वटा देशमा नियमित खोप कार्यक्रम तथा प्रकोपको समयमा दिनको लागि हरेक वर्ष २ अर्ब खोप खरिद गर्ने विश्वकै सबै भन्दा ठुलो खोप खरिदकर्ता हो । युनिसेफले खरिद कार्यको समन्वय एवं सहयोग, अन्तर्राष्ट्रिय ढुवानी र राष्ट्रिय स्तरमा गरिने वितरण कार्यमा कोभ्याक्स फसिलिटिलाई सहयोग गरिरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...

संसद्का दुवै सदनको बैठक बस्दै

संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:२२

काठमाडौं: संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै समयमा बस्दैछ...

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

वि.सं.२०८३ जेठ ३ आइतवार ०८:४२

काठमाडौं: सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:३०

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित...