शुक्रबार थप १ हजार ४४ जनामा कोरोना संक्रमण
वि.सं.२०७७ मंसिर २६ शुक्रवार १७:१२
1.3K
shares
काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ ।
शुक्रबार थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ७४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १४ जनाको पिसिआर परीक्षण भएको छ । योसंगै हालसम्म १८ लाख २० हजार ६१८ जनाको पिसिआर परीक्षण भएको छ ।
हालसम्म कुल संक्रमितमध्ये १२ हजार १४८ जना सक्रिय संक्रमित छन् ।
१ हजार २७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ ।
वि.सं.२०७७ मंसिर २६ शुक्रवार १७:१२




















