वीर अस्पतालमा कोभिड र ननकोभिड दुवै सेवा सुचारु
वि.सं.२०७७ मंसिर २६ शुक्रवार १२:२४
1.2K
shares
काठमाडौंः वीर अस्पतालले कोभिड तथा ननकोभिड बिरामी दुवैका लागि सेवा सुचारु गरेको छ । अस्तालले बुधवार देखि कोभिड तथा ननकोभिड दुवैका लागि सामान्य तथा विशेषज्ञ सेवाहरुसेवा सचारु गरेको सूचना जारी गरी जनाएको हो ।
अस्पतालले जारी गरेको सूचना यस प्रकार छ – ‘कोभिड–१९ का बिरामीलाई सम्पूर्ण उपचारको व्यवस्थाका साथै अन्य ननकोभिडका बिरामीलाई समेत सम्पूर्ण सामान्य तथा विशेषज्ञ सेवाहरु साविक बमोजिम नै प्रदान गर्दै आइरहेकाले सबै बिरामीले अस्पतालबाट आवश्यक सेवा लिन सकिन्छ
वि.सं.२०७७ मंसिर २६ शुक्रवार १२:२४





















