YouTube Link

धुम्बराहीमा नेकपा सचिवालयको अनौपचारिक बैठक बस्दै

Facebook Link

काठमाडौं: प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाउने सहमति नदिने संकेतपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बेलुकी ४ बजे पार्टी कार्यालय धुम्बराहीमा सचिवालयको अनौपचारिक बैठक डाकेका छन् ।

गत शुक्रबार र शनिबार पनि यस्तै बैठक गरी नेताहरु प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । ओलीले भने सल्लाह गरेर बैठक डाक्ने भनेका थिए । तर हिजो मात्रै ओलीले महासचिव विष्णु पौडेलमार्फत निवेदनमा तोकआदेश गरी विधान बमोजिम बैठक राख्नू भन्ने फरमान जारी गरेका थिए ।

उक्त खबर लिएर हिजै महासचिव पौडेल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । सो अवसरमा पौडेलले विधान बमोजिम १५ दिन भित्र बैठक राख्ने बताएका थिए । तर दाहालले भने अब २४ घण्टा मात्रै म्याद थप गर्ने चेतावनी दिएका थिए ।

सो बमोजिम आज बेलुकीसम्म ओलीले सचिवालय बैठक डाकेनन् भने भोलि नै बहुमतको औपचारिक बैठक राख्न नेताहरु सहमत देखिएका छन् ।

यही विषयमा छलफल गर्न आज साँझ अनौपचारिक बैठक राखिएको हो– खुमलटार निकट स्रोतले भन्यो । प्रचण्डलगायत नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ आज पनि भेला हुँदैछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...