तिहारमा देशैभरिका बैंक तथा वित्तीय संस्थाहरु नखुल्ने
वि.सं.२०७७ कात्तिक २५ मंगलवार १३:४०
1.6K
sharesकाठमाडौं: यस वर्षको तिहारमा देशैभरिका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरु नखुल्ने भएका छन् । नेपाल बैंकर्स संघले तिहार बिदामा बैंकका शाखा कार्यालयहरु बन्द हुने जनाएको छ ।
बैंकहरु शनिबार, आइतबार र सोमबार तीन दिन पूर्ण रुपमा बन्द हुनेछन् । बैंकहरुले अत्यावश्यक काम पर्ने सेवाग्राहीहरुले सो समय अगावै कारोबार गर्न आग्रह गरेको छ ।
बैंकहरु मंसिर २ गते मात्रै खुल्ने छ । डिजिटल बैंकिङ सेवा सुचारु हुने जनाउँदै संघले दक्षिणा समेत डिजिटल माध्यमबाट गर्न भनेको छ ।
वि.सं.२०७७ कात्तिक २५ मंगलवार १३:४०



















