YouTube Link

ईश्वर पोखरेलको एक ट्वीट्ले ल्याएको तरंग

Facebook Link

काठमाडौं: हिजो बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले ११औं पटक मन्त्रीमण्डल पुर्नगठन गरे ।

पुर्नगठनमा उपप्रधान तथा रक्षामन्त्री रहेका ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको जिम्मा दिईएको छ ।

केही नयाँ र केहीको हेरफेर गरिएको पुर्नगठनमा पोखरेलले सहमति जनाएको कुरा बाहिर आएपनि खासमा त्यस्तो नभएको बताईन्छ ।

मन्त्रीमण्डल पुर्नगठन भएको समयमा पोखरेल बालुवाटारमै रहेको प्रतिक्रियया दिएका थिए । तर राति उनले गरेको ट्वीटले बिहान एकाएक सन्नाटा छायो ।

उनले टिवटमा लेखेका छन् -विकसित परिस्थिति र घटना प्रसंगका सम्बन्धमा मानिसहरुका बुझाई, विश्लेषण र अभिव्यक्ति टिप्पणी हेर्दै बुझ्ने कोशिस गर्दै! ।

उनलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय हेर्ने गरी जिम्मेवारी दिएपछि सामाजिक सञ्जालदेखि समाचारहरुमा उनलाई घटुवा गरिएको बताईएको छ भने अर्कोतिर उनलाई झन शक्तिशाली बनाईएको बताईएको छ ।

तर, जे जस्तो भएपनि एउटा मन्त्रालयको प्रमुख भएर चलाईराखेका व्यक्तिलाई बिना बिभागीय बनाउँदाखेरी यस्तो समस्या आएको हो । उनले ट्वीट मार्फत सायद त्यही जानकारी गराउन चाहेका हुन ।

उता, मन्त्रीमण्डल पुर्नगठन गर्ने बेला प्रधानमन्त्री ओलीले पोखरेल जे भन्दा नि मान्ने र गर्ने भएकोले उनलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय दिने बचन दिएका थिए ।

सोही अनुरुप पोखरेललाई उक्त जिम्मेवारी दिईएको बालुवाटार श्रोतले जनाएको छ ।

अर्को भनेको योपटक पोखरेललाई हटाउने मनस्थितिमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले नमानेका कारण विना विभागीयमा अल्झाएको चर्चा पनि चलेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...