YouTube Link

३ सय बर्ष लामो इतिहास बोकेको इन्द्रजात्रा पहिलो पटक स्थगित

Facebook Link

काठमाडाैं: करिब ३ सय बर्ष लामो इतिहास बोकेको इन्द्रजात्रा पहिलो पटक स्थगित भएको छ ।

२०६५ सालमा राज्यले गर्दै आएको सहयोग कटौती गरेको भन्दै अन्तिम पटकको यात्रा स्थगित गरेपनि पुर्ण रुपमा जात्रा नै स्थगित भएको यो पहिलो पटक हो ।

भगवान इन्द्र आफ्नी आमाको तिलाव्रतलाई आवस्यक पर्ने पारिजातको फूल टिप्न मत्यलोक अर्थात पृथ्वी आएका र फूल चोरेर लैजादै गर्दा इन्द्र समातेर काष्ठमण्डप छेउमा बाँधेर राखेका थिए । पछि उनी स्वर्गका राजा इन्द्र भएको थाहा पाएपछि ससम्मान जात्रा गरी स्वर्ग फर्काएको किम्वदन्ति संग जोडिएको र त्यहिबाट इन्द्र जात्राको सुरुवात भएको मानिन्छ ।

उपत्यकामा,कुमारीको जात्रा चलीरहेको बेला देवराज इन्द्र मर्त्य लोकमा रहेको र उनलाई समेत जात्रा गरेर पठाएपछि इन्द्र जात्रा र कुमारीको रथयात्रासँगै सुरु भएको मानिन्छ ।

३ सय बर्ष लामो इतिहास बोकेको इन्द्रजात्रा भाद्र शुक्ल द्वितीयाका दिन तान्त्रिक विधिसहित पूजा गरी काभ्रेको नालास्थित जङ्गलमा छाडिएको बोकाले छोएको रूख काट्ने र उक्त रुखलाई साइत हेरे काठमाडौं भित्र्याउने गरीन्छ ।

यसरी तयार गरिएको लिङ्गो ठड्याउने गरिन्छ । यता कुमारी सहित गणेश र भैरवलाई रथरोहण गरेर रथ ३ पटक सम्म घुमाउने प्रचलन रहेकाे छ ।

तर ३ सय बर्षको इतिहासमा पहिलो पटक विश्वब्यापी फैलिएको कोरोना महामारीका कारण यो बर्ष जात्रा स्थगित भएको छ ।

इन्द्र जात्राका दिन राष्ट्रप्रमुखले कुमारीको दर्शन गर्ने परम्परा रहेपनि कोरोनाका कारण यो बर्ष सम्भव भएन । यसरी जात्रा नै स्थगित गर्नु परेपछि आयोजकले क्षमा पुजा गर्ने योजना रहेको बताएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...