YouTube Link

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

Facebook Link

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित भएका छन्, जसमा धेरै पत्रकार सम्पर्कविहीन छन् । बाढीका कारण बागमती प्रदेशका विभिन्न जिल्लामा पत्रकार र उनीहरूको परिवारलाई ठूलो क्षति पुगेको छ भने सञ्चारमाध्यमहरूको प्रसारण पनि अवरुद्ध भएको छ ।

 

प्राप्त पछिल्लो विवरण अनुसार पत्रकार टेकबहादुर थामी, सुरेश सिम्खडा, शेखर ढुंगाना र राजकुमार नेपालीको हालसम्म अज्ञात छ । अरु धेरै पत्रकारहरु पनि बाढीले प्रभावित भएका छन् । बाढीका कारण बागमती प्रदेशका विभिन्न जिल्लामा कार्यरत पत्रकार, उनीहरूका परिवार र स्थानीय सञ्चारमाध्यमहरू नराम्ररी प्रभावित भएका छन् ।

 

प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले गरेको प्रारम्भिक अनुगमन र विवरण अनुसार बाढीका कारण पत्रकारहरू सम्पर्कविहीन हुने तथा सञ्चारमाध्यमहरूको प्रसारण अवरुद्ध हुने क्रम बढेको छ । महासंघका अनुसार समाचार संकलनका क्रममा केरुङतर्फ गएका महासंघका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी केरुङबाट सम्पर्कविहीन भएका छन् । उनीसँग अझै सम्पर्क हुन सकेको छैन । केरुङको एक कार्यक्रममा जाने कममा थामी सम्पर्कविहीन भएका हुन । उनी भदौ ९ गते त्यसतर्फ गएका थिए । पत्रकार थामीकी श्रीमती पत्रकार कालिका खड्काले पनि थामीको अझै खबर नआएको बताएकी छन् ।

 

यसैगरी मानसरोवर भ्रमणमा गएका पत्रकार शेखर ढुंगाना र उनकी पत्नी अझै बेपत्ता छन् । उनीहरु भदौ १० गतेदेखि अहिलेसम्म सम्पर्कमा आएका छैनन् । यस्तै भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा कार्यरत राष्ट्रिय दलित पत्रकार संघ नुवाकोटका अध्यक्ष राजकुमार नेपाली पनि सम्पर्कमा आएका छैनन् । बाढीको समयपछि पत्रकार केशव न्यौपाने पनि सम्पर्कमा आउन सकेका छैनन् ।

 

आमा र दिदीसहित तिब्बतस्थित कैलाश मानसरोवर तीर्थाटनमा निस्किभएका शिलापत्र मिडिया नेटवर्कका प्रकाशक सुरेश सिम्खडा पनि भदौ १० गतेदेखि सम्पर्कमा आएका छैनन् । यसैगरी नुवाकोटको विदुर नगरपालिका–७ स्थायी ठेगाना भएका पत्रकार निराजन पौडेलका बुवा वासुदेव, आमा गोमा, काका हिमालय, अन्टी उमा र बहिनी हिमानी पनि भदौ १० गते बिहानदेखि सम्पर्कमा नआएको बताइएको छ ।

 

मानसरोवर दर्शनका लागि गएका पत्रकार लोग्शरी कुँवरका ससुरा अम्बरकाजी खड्का र सासु मनकुमारी खड्का सम्पर्कमा आएका छैनन् । नुवाकोटको ढुंगेबजारमा रहेको पत्रकार किरण अधिकारीको घर तथा कार्यालय वाढीले बगाएको छ । बाढीका कारण रेडियो नुवाकोटको विद्युत, फाइबर र व्याकअपमा क्षति पुगेको छ । क्षतिका कारण तत्काल सञ्चालन गर्नसक्ने अवस्था नभएको बताइएको छ । यस्तै विद्युत प्रवाह नहुँदा रसुवाको रेडियो लाङटाङको प्रसारण अवरुद्ध भएको छ ।

 

जालपा रेडियो पनि बाढीका कारण विद्युतको नियमित आपूर्ति नहुँदा बन्द अवस्थामा रहेको छ । यस्तै रसुवा एफ.एम विद्युत् अवरुद्धका कारण सञ्चालनमा आएको छैन् । यसैगरी धादिङका पत्रकार विपिन मल्ल ठकुरीको बैरेनी बजारस्थित घरमा क्षति पुगेका छ । रेडियो नुवाकोट पनि बाढीका कारण तत्काल सञ्चालन गर्नसक्ने अवस्था नभएको बताइएको छ । बाढीको प्रभावका कारण गज्जप रेडियोमा आशिक रुपमा मात्र सञ्चालन भएको छ । उता, बाढीपछि रेडियो त्रिशुली पनि सञ्चालनमा आएको छैन ।

 

यसैगरी पत्रकार सन्नी श्रेष्ठको बिदुर नगरपालिका–१० स्थित घर र खेतबारीमा बाढीले असर पुर्याएको छ । रसुवाको घट्टेखोला जंगल क्षेत्रमा पत्रकार अनु आचार्यका भाइ अचेत अवस्थामा फेला परेको जानकारी आएपनि अझैसम्म उद्धार हुन नसकेको बताइएको छ । आर्थिक न्युज डटकमका अध्यक्ष तथा प्रबन्ध सम्पादक इन्द्र बानियाँ भने सकुशल काठमाडौं फर्किएको बताइएको छ ।

 

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...