नेपालमा कोरोना संक्रमितको संख्या ४१,६४९ जना पुग्याे
वि.सं.२०७७ भदौ १७ बुधवार १८:१२
1.2K
shares
काठमाडाैं: पछिल्लो २४ घन्टामा नेपालमा थप ११२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ हजार १ सय २० जना सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४१ हजार ६ सय ४९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
बुधबार काठमाडौंमा ३ सय ५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना काेराेना संक्रमित थपिएका छन्।
देशभर ७६१५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा थप १ हजार १ सय १२ जना सहित नेपालमा हालसम्म २३ हजार २ सय ९० जना उपचारपछि निको भएका छन्।
पछिल्लो २४ घन्टामा थप १२ जना संक्रमित सहित नेपालमा २ सय ५१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ ।
वि.सं.२०७७ भदौ १७ बुधवार १८:१२




















