YouTube Link

नेकपा स्थायी कमिटी बैठक ओलीद्वारा स्थगित, नेकपा विवाद नयाँ मोडमा, स्थगित बैठक सुरु गर्दै दाहाल

Facebook Link

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको आन्तरिक विवाद सतहमा पुगेको छ ।

आजका लागि बोलाइएको स्थायी कमिटी बैठक प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले प्रेस सल्लाहकार सुर्य थापाले स्थायी कमिटी बैठक स्थगित भएको जानकारी फेसबुक मार्फत दिएका थिए ।

एकहप्तापछि आज मंगलबारका लागि तय गरिएको बैठकमा भाग लिन भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु बालुवाटारमा पुगेका थिए । बिहानै १० बजे नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि स्थायी कमिटी बैठक स्थगितबारे आफूलाई जानकारी नभएको बताएका छन् ।

तर ओली निकट नेताहरुले भने बिहान ९ बजे छलफलको तयारी भएपनि अर्का अध्यक्ष दाहाल नआएका कारण बैठक स्थगित भएको बताएका छन् ।

यसअघि हिजो दाहाल, माधव नेपाल लगायतका नेताहरुबीच आज पेलेर भएपनि बैठक गरेर बहुमतीय निर्णय गर्ने रणनीति बनेको थियो । दहालको त्यही रणनीतिबाट डराएका ओलीले आज एकलौटी रुपमा बैठक स्थगित गरेको दाहाल निकटका नेताहरुको आरोप छ । यसले नेकपामा अब भीडन्तको तयारी भएको भन्दै नेता कार्यकर्ता चिन्तित बनेका छन् ।

यसअघिका बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमतिका आधारमा स्थगित भएपनि आजको बैठक भने ओलीले एकल रूपमा स्थगित गरेपछि अर्का अध्यक्ष दाहालले बैठक राख्ने तयारी गरेका छन् ।

बामदेव फेरि ओलीतिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको समीकरणमा फेरबदलको संकेत देखिएको छ । यसअघि अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपीतिर लागेका छन् ।

यससँगै ९ सदस्यीय सचिवालयमा अब दाहाल-नेपाल पक्षका ५ र ओली पक्षमा चार नेता भएका छन् । तर ओली पक्षले भने गृहमन्त्री रामबहादुर थापा पनि यता रहेको दाबी गरेका छन् । यसो भएमा नेकपा सचिवालयमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको पक्षमा बहुमत पुग्नेछ ।

बामदेवको प्रस्ताव

गौतमले पार्टी नेताहरुसामू ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको अवधिभर प्रधानन्त्रीको जिम्मेवारीमा राख्ने प्रस्ताव अघि सारेका छन् ।

दाहाललाई एकता महाधिवेशसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने र पार्टीको एकता महाधिवेशन सहमतिमा गर्ने गौतमको प्रस्तावमा उल्लेख छ । गौतमले पार्टीको बिग्रह रोक्नका लागि भन्दै अघि सारेको प्रस्ताव प्रधानमन्त्री ओलीले लिँदै आएको अडान हो ।

नेकपा एक नेताका अनुसार गौतमले ६ बुँदे यो प्रस्ताव औपचारिक बैठकमा नराखेको तर नेताहरुलाई दिएको स्वीकार गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...