YouTube Link

बुधबार र बिहीबार भारी वर्षाको पूर्वानुमान, सतर्कता अपनाउन एसएमएस मार्फत ‘अलर्ट’ जारी

Facebook Link

काठमाडौं: देशभर विभिन्न ठाउँमा सोमबार रातिदेखि भारी वर्षा भएको छ ।

न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा वर्षाको मात्रा बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बाढी सूचना केन्द्रका अनुसार इलाम, झापा र मोरङमा भारी वर्षा भएपछि सम्भावित बाढी, पहिरो र डुबानको जोखिमबाट जोगिन त्यस क्षेत्रका मानिसलाई एसएमएसमार्फत सूचित गरिएको छ ।

भारी वर्षापछि मेची, विरिङ, निन्दा, कन्काई, चिसाङ खोला, मावा-रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला र अन्य साना खोलामा बाढी आउन सक्ने ठानिएकाले सतर्क रहन आह्वान गरिएको छ ।

यस्तै कैलाली र कञ्चनपुरका धेरैजसो स्थानमा भारी वर्षा भएपछि त्यस क्षेत्रका कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधरलगायतका नदीमा बाढीको खतरा रहेपछि त्यस क्षेत्रमा पनि एसएमएस मार्फत ‘अलर्ट’ गराइएको छ ।

बुटवलको तिनाउ नदी बाढी मापन केन्द्रमा पनि जलसतह सतर्कता तह पार गरेपछि कञ्चनखोला र तिनाउ खोलाको तल्लो तटीय क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत सूचित गरिएको छ ।

बुधबार र बिहीबार एकैसाथ देशभर दुई वटा मौसमी प्रणाली सक्रिय भएपछि मुलुकभर भारी र अति भारी वर्षाको पूर्वानुमान गरिएको मौसमविद्ले जनाएका छन् । उनीहरूका अनुसार हाल देशभर मनसुनी वायुको प्रभावसँगै नेपालको तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ । यसैको प्रभावले वर्षा भइरहेको हो ।

मौसमविद्हरूका अनुसार ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ भने सय मिलिमिटरभन्दा धेरै वर्षा भएमा धेरै भारी वर्षा भनिन्छ । यस अर्थमा बुधबार र बिहीबार धेरै भारी वर्षाको सम्भावना रहेको बताईएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...