YouTube Link

पशुपति सेभिङले सहकारी–सहकारीबीच बृहद एकीकरण अभियान संचालन गर्ने

Facebook Link

काठमाडौं: पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि. ले सहकारी–सहकारी बीच बृहद एकीकरण अभियान संचालन गर्ने भएको छ ।

ललितपुरस्थित पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले ले ७७ जिल्ला र ७ सय ५३ स्थानीय तहका सम्पूर्ण सहकारी संस्थाहरुलाई समेटेर नेपालकै नमुना सहकारी संस्था निर्माण गर्ने लक्ष्यसहित बृहद एकीकरण अभियान संचालन गर्ने जनाएको छ ।

पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि. को २२औं साधारणसभाबाट निर्णय गरी अध्यक्ष सिवी लामाको संयोजकत्वमा मर्जर कमिटी निर्माण गरेको र यहि कमिटी मार्फत एकीकरणका लागि इच्छुक सहकारी संस्थाहरुका साथै सरोकारवालाहरुसँग सहजिकरण र समन्वय सुरु गरिने बताईएकाे छ ।

अर्थतन्त्रको एक खम्बाकाे रूप मानिएको सहकारी अभियान स–साना संस्था संचालन गरेर राज्यले राखेको उद्देश्य पुरा नहुने बताउँदै वृहद एकीकरण गरी बलियो पुँजीगत आधार सहितको ठूलो नेटवर्क भएको संस्था बनाउन बृहद एकीकरण अभियान संचालन गर्न लागिएको संयोजक लामाले बताए ।

सहकारी मार्फत अत्याधुनिक सेवा र ठूला परियोजनाहरुमा लगानी गर्न नसकिएका कारण पूँजीगत आधार बलियो भएको दिगो सहकारी संस्था निर्माण गरी त्यसमार्फत उत्पादनमुलक ठूला उद्योग तथा व्यवसाय संचालन गर्ने लक्ष्य रहेको समेत संयोजक लामाले बताए ।

संघिय सरकारले आर्थिक वर्ष २०७७/०७८ बजेट वक्तव्यमा सहकारी संस्थाहरु एकीकरणका लागि प्रोत्साहन गर्ने निर्णय गर्नुका साथै संघिय सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघ लगायतका संघसंस्थाले सहकारी एकीकरणलाई प्रोत्साहन गरिरहेको अवस्थामा सम्पूर्ण सरोकारवालाहरुलाई यस अभियानमा सहकार्य, समन्वय र हातेमालो गर्न संयोजक लामाले आग्रह गरेेेेेेेेका छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...