देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
वि.सं.२०७७ असार २२ सोमवार १३:१२
1.4K
shares
काठमाडौं: आज देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष सम्मका सबै बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि नछुटाई खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।
गत वैशाख ६ र ७ गते तय गरिएको कार्यक्रम गत चैत २१ गते कोरोना भाइरस महामारीको कारणले स्थगित गरिएको थियो । स्थगित भिटामिन ‘ए’ कार्यक्रम आषाढ २२ र २३ गते दुई दिन संचानल हुने भएको छ । दोस्रो चरणको कार्यक्रम अन्र्तगत ६ महिनादेखि ५९ महिनासम्मका २७ लाख ३ हजार ५ सय २२ बालबालिकालाई भिटमिन ‘ए’ खुवाउने त्यस्तै लक्ष्य १ वर्षदेखि ५ वर्षसम्मका २३ लाख ९३ हजार १ सय ५२ बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको र ४१ जिल्लाका ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई बालभिटा वितरण गरिने मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ असार २२ सोमवार १३:१२




















