YouTube Link

ललितपुरको खोकनामा प्रहरी र स्थानीयबीच झडप, ढुंगामुढाबाट केही प्रहरी घाइते

World Cup 2026
Facebook Link

 

काठमाडौं: ललितपुरको खोकनामा धान रोपाइँ गर्न गएका किसान र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्याँस समेत हानेको छ ।

 

काठमाडौं-तराई द्रुतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ-भक्तपुर १३२ केभी प्रसारणलाइन खोकना हुँदै बनाउने तयारीका साथ पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न नदिएपछि स्थानीयले विकासका नाममा जग्गा जमिन र पुर्ख्यौली थातथलो कब्जा गरेको र सांस्कृतिक धरोहरमाथि अतिक्रमण गरेको भन्दै स्थानीयबासीले विरोध गर्दै आएका छन् ।

 

अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न नदिएपछि स्थानीयहरुले खड्का फाँटमा ट्याक्टर लगाएर खानजोत गर्दै संयुक्त रोपाइँ कार्यक्रम राखेका थिए । स्थानीयलाई प्रहरीले रोक्न खोजेपछि विहानैबाट उक्त क्षेत्रमा तनाव बढेको थियो । स्थिति नियन्त्रणमा लिन थप टोली बोलाएर प्रहरी अगाडि बढ्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो । स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइते भएका छन् भने भिडलाई तितरवितर बनाउन प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो ।

 

खोकनाजस्तो ऐतिहासिक, सांस्कृति र पुरतात्विक महत्व बोकेको नगरलालाई ध्वस्त पारेर यहाँका किसानको जमिन हडप्ने सरकारी नीतिको विरुद्ध आन्दोलन जारी राखिने सम्पदा तथा संस्कृति बचाउ अभियानका अभियान्ता गणपतिलाल श्रेष्ठले बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...