बझाङ पहिरो : ४ जनाको शव भेटियो ३ जना अझै सम्पर्कविहीन
वि.सं.२०७७ असार २० शनिवार १४:३०
1.4K
shares
बझाङ: बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा शनिबार विहान करिब २ बजेतिर गएको पहिरोमा १७ घर बगाएको छ। पहिरोमा पुरिएका ४ जनाको शव भेटिएको छ भने सम्पर्कविहीन ३ जनाको खोजिकार्य जारि रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तथा कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली घटनास्थल पुग्न प्रयासरत रहेको साथै घटनास्थलमा पठाउनका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारीले बताए ।
वि.सं.२०७७ असार २० शनिवार १४:३०




















