राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा चालु अधिवेशन अन्त्य
वि.सं.२०७७ असार १८ बिहीवार १५:३१
2.7K
shares
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरेकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय सिफारिस गरे अनुसार राष्ट्रपतिले बिहीबार ५ बजेदेखि अधिवेशन अन्त्य हुनेछ ।
यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्तासमेत गरेका थिए । वैशाख २६ गते शुरु भएको संसदको बजेट अधिवेशन सर्वाधिक चर्चामा रहेको एमसीसी सम्झौताबारे कुनै पनि निर्णय नगरी अन्त्य भएको छ ।
संविधानको धारा ९३ (२) मा राष्ट्रपतिले संघीय संसदको दुवै वा कुनै सदनको अधिवेशनको अन्त्य गर्न सक्ने व्यवस्था छ । चालू अधिवेशन गत वैशाख २६ गतेदेखि सुरु भएको हो । यसबीचमा सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गरिएको थियो । सामान्यतया संसद राति १२ बजेदेखि अन्त्य हुने सूचना आउने गरेकोमा यो पटक भने अपराह्न ५ बजे नै अन्त्य भएको सूचना जारी भएको छ ।
वि.सं.२०७७ असार १८ बिहीवार १५:३१




















