कोरोना संक्रमित ४६ दिनको शिशुको मृत्यु: त्रिवि शिक्षण अस्पताल
वि.सं.२०७७ असार १८ बिहीवार १५:१०
1.1K
shares
काठमाडौं: त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत कोरोना संक्रमित ४६ दिनको शिशुको मृत्यु भएको टिचिङ अस्पतालका कोरोना व्यवस्थापन समिति संयोजक डाक्टर सन्तकुमार दासले जानकारि दिए ।
म्याग्दी घर भएको उक्त शिशुको घाँटीमा समस्या देखिए पछि ३ साता अघि त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएको र शल्यक्रिया गर्नुअघि कोरोना परीक्षण गर्दा मंगलबार रिपोर्ट पोजेटिभ आएसंगै कोरोना संक्रमण पुष्टि भएको थियो । बुधबार साँझ ४ बजे उक्त शिशुको मृत्यु भएको डा दासले जानकारी दिए
वि.सं.२०७७ असार १८ बिहीवार १५:१०




















