सुबास नेम्वाङलाई प्रधानमन्त्री बनाउने ओली समूहको प्रस्ताव !
वि.सं.२०७७ असार १७ बुधवार २२:५५
1.2K
shares
काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र चर्किरहेको विवादकाबीच प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली समुहले प्रचण्ड–माधव समूहलाई एक प्रस्ताव पठाएको बुझिएको छ । स्रोतका अनुसार सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने गरी ओली समूहले प्रस्ताव बठाएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाललाई सल्लाहाकार बनाउने, ओली पार्टी अध्यक्ष हुने र नेम्वाङलाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रचण्ड समूहमा पठाइएको समाचार स्रोतले बताएको छ । ओली समूहको यो प्रस्तावबारे प्रचण्डले के जवाफ दिए भन्ने आइसकेको छैन ।
नेकपामा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा गर्न भनेको छ । जारी स्थायी कमिटीमा ओलीको राजीनामा मागिएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ ।
वि.सं.२०७७ असार १७ बुधवार २२:५५




















