१८ वर्ष मुनिका २ हजार ६१ बालबालिकामा कोरोना संक्रमण: स्वास्थ्य मन्त्रालय
वि.सं.२०७७ असार १७ बुधवार १८:२६
1.2K
shares
काठमाडौं: स्वास्थ्य मन्त्रालयले नेपालमा १८ वर्ष मुनिका २ हजार ६१ बालबालिकामा कोरोना संक्रमण देखिएको भन्दै अभिभावकलाई सचेत हुन आग्रह गरेको छ । सुदूरपश्चिममा आमाबुबासँगै भारतबाट फर्किएका बालबालिकाहरु मध्य ९ वर्षमुनिका १ सय ७५ जनामा कोरोना संक्रमण र केहीको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
बालबालिकामा कोरोना संक्रमण देखिए अरुमा सर्ने सम्भावना बढी हुने भएकोले बालबालिकालाई भिडभाडमा नलैजाने र लैजानै परेमा आफू र बालबालिकाले अनिवार्य मास्क लगाउने, २ मिटरको भौतिक दूरी कायम गर्ने, बेला बेलामा हात धुने र संक्रमण रोकथामको नियम पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
वि.सं.२०७७ असार १७ बुधवार १८:२६




















