Rajshow Bivag

नेपालमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या एक हजार नाघ्यो, ९४० जना पुरुष र १०२ जना महिला

Departmant of helth services

काठमाडौं: नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । बिहीबार थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

पछिल्लो पटक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका २ जना संक्रमित देखिएका हुन् । यस्तै कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका २५ जना संक्रमित भेटिएका छन् । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा १ जना नवलपुरका बिरामी पोजेटिभ देखिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठकाडौंमा गरिएको परीक्षणमा ७७ जना पोजेटिभ देखिएका छन् । उनीहरुमा धनुषाका २९ जना, महोत्तरीका १७ जना, रौतहटका ३ जना, सप्तरीका १२ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना दोलखाका २ जना, सोलुखुम्बुका १ जना छन् । सुर्खेतको क्षेत्रीय प्रयोगशालामा बझाङका १ जना, सुर्खेतका १३ जना दैलेखका ८ जना पोजेटिभ देखिएका छन् ।

गण्डकीको क्षेत्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना संक्रमित देखिएका छन् । तीनै जना स्याङजामा हुन् । सेती अस्पताल ३ जना पोजेटिभ देखिएका छन् । दार्चुलाका १ जना र कैलाली २ जना संक्रमित पाइएका हुन् । किटजन्य प्रयोगशाला हेटौंडामा १ जना संक्रमित देखिएका छन् । भेरी अस्पताल बर्दियाका ३ र बाँकेका १ जना गरी ४ जना संक्रमित भेटिएका छन् । यस्तै धुलिखेल अस्पतालमा १७ जना संक्रमित पाइएका छन् । यी सबै रौतहटका हुन् ।

यससँगै कूल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । यीमध्ये १ सय ८७ जना निको भएर घर फर्किएका छन् । ५ जनाको मृत्यु भएको छ । बाँकी ‘एक्टिभ केस’को रुपमा उपचार गराइरहेका छन् । अहिलेसम्म भेटिएका संक्रमितहरुमध्ये पुरुषहरु ९ सय ४० जना र महिलाहरु १ सय २ जना छन् ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...