YouTube Link

आइएमएस ग्रुपद्वारा नेपाल चिकित्सक संघलाई मास्क हस्तान्तरण

Facebook Link

काठमाडौं: आइएमएस ग्रुपका अध्यक्ष तथा नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष दिपक मलहोत्राले नेपाल चिकित्सक संघलाई पाँच हजार मास्क हस्तान्तरण गरेका छन । मलहोत्राले आफ्नै कम्पनीबाट उत्पादित उक्त मास्क नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीलाई सहयोगस्वरुप हस्तान्तरण गरेको हो ।

मलहोत्राले आफ्नो कम्पनीबाट उत्पादित मास्क बिभिन्न अस्पताल, सुरक्षा निकाय, सामाजिक कार्यकर्ता र पत्रकारहरुलाई निशुल्क वितरण गर्दै आईरहेका छन । कोरोना भाईरसको महामारीमा पनि आफ्नो ज्यान जोखिममा राखेर चिकित्सकहरु बिरामीको उपचार गरिरहेका चिकित्सक संघमै आएर मास्क वितरण गर्न पाएकोमा मलहोत्राले खुशी व्यक्त गरे । उनले भोलिका दिनमा पनि चिकित्सक संघसँग सहकार्य गरेर अगाडी बढने जनाउदै अहिलेको महामारीमा संघलाई अन्य थप सहयोग पनि गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कोरोना भाइरस नेपालमा फैलिन सक्ने त्रासकाबीच मास्क अभाव भईरहेका बेला मलहोत्राले ठूलो मात्रामा मास्क उत्पादन सुरु गरेर देशको लागि ठुलो सहयोग पुर्याएको चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए । मनका धनी मलहोत्राले अहिले ब्याबसाय गर्न भन्दा पनि सामाजिक कामका लागि मास्क कम्पनी सन्चालनमा ल्याएको बताए ।

आफूहरुले उत्पादन गरेको सर्जिकल मास्क बजारमा समेत उपलब्ध रहेको मलहोत्राले बताए । आफूहरुले मास्क उत्पादन सुरु गरेपछि बजारमा मास्कमा भैरहेको कालोबजारी पनि अन्त्य भएको उनको दाबी छ । मलहोत्राले अहिलेको महामारीमा घरमै बसी सरकारले लागु गरेको लकडाउन पालना गरिदिन समेत सबैलाई आग्रह गर्दै आफु सुरक्षित हुँदै समाजलाई समेत कोरोनाबाट सुरक्षित राख्न अनुरोध गरे ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...