YouTube Link

डब्ल्यूकेकेओ नेपालद्वारा कराँते खेलाडीका परिवारलाई खाद्यान्न सामाग्री सहयोग

Facebook Link

काठमाडौं: नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघ (डब्ल्यूकेकेओ नेपाल)ले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले लागु गरेको लकडाउनमा नेपालमा पनि दैनिक ज्यालादारी मजदुरी गरेर जीवन यापन गर्ने परिवारका कराँते खेलाडीहरुलाई संघले खाद्यान्न सामाग्रीको प्याकेज सहयोग गरेको छ ।

संघले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, नेप्लिज फ़ेशन होम, समय शान्दर्भिकको सहकार्यमा लकडाउनका कारण पिडित खेलाडीहरुलाई सहयोग कार्यक्रम ल्याएको नेपाल क्योकिशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष शिहान अशोक कुमार श्रेष्ठले जानकारी दिए ।

 

 

शिहान श्रेष्ठ नेपालको फुलकन्ट्याक्ट कराँतेको क्षेत्रमा नेपालकै पहिलो अन्तराष्ट्रिय ६ डान प्राप्त ब्ल्याक बेल्ट हुन् । उनलाई हालै अन्तर्राष्ट्रिय कराँते महासंघ, स्विट्ज़रल्ण्डद्वारा “सिनियर मास्टर अफ द ईयर २०१९” को गोल्ड अवार्डबाट सम्मानित गरिएको थियो । उनले भने- “हाम्रो खेलकुदको मुख्य उद्देश्य भनेको राम्रो खेलाडीहरुको उत्पादन गरेर देशको नामलाई अन्तर्राष्ट्रियमा उच्च राख्नु हो । त्यसको बावजूद पनि असल तथा सामाजिक उत्तरदायित्व प्रति ज़िम्मेवार कराँते खेलाडीहरुको रुपमा समाजमा उनीहरुलाई स्थापित गर्नु पनि यस संघको लक्ष्य रहेको छ ।”

 

 

यस संघले हाल लकडाउनबाट दैनिक जीवनयापन गर्न अप्ठ्यारोमा परेका खेलाडीहरुको परिवारलाई सहयोग कार्यक्रम काठमाडौं उपत्यका र निजकैको जिल्लामा मात्र गरिएको छ । अन्य कराँते संघहरु भन्दा भिन्न खालको क्रियाकलाप गर्दै आएको यो संघले आफु अन्तर्गतको डोजोका खेलाडीहरुलाई तिनीहरुको आर्थिक अवस्था हेरी निःशुल्क तालिम, नि:शुल्क बिद्यालय पोशाक, ब्याग तथा स्टेशनरीका सामाग्रीहरु बार्षिक रुपमा बितरण गर्दै आएको संघका उपाध्यक्ष हेमा मानन्धरले बताए । हालसम्म खाद्यान्न प्याकेज कार्यक्रमबाट ३ सय ७५ खेलाडीका परिवारहरुलाई उपलब्ध गराईएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...