भ्रातृसंस्था नेविसंघका नेतामाथि प्रहरी हस्तक्षेपको कांग्रेसद्वारा भर्त्सना
वि.सं.२०७७ वैशाख ३० मंगलवार ०८:२१
1.5K
shares
काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिपुलेकमा भारतीय अतिक्रमणका विरुद्धमा भ्रातृसंस्था नेपाल विद्यार्थी संघले सोमबार काठमाण्डौमा गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै त्यसको भर्त्सना गरेको छ ।
प्रदर्शनका क्रममा प्रहरीले नेविसंघका अध्यक्ष राजीव ढुङ्गाना, महामन्त्रीहरु प्रभात दाहाल, उर्मिला थपलिया, दीपक भट्टराई, बलदेव तिम्सिना र युवराज पाण्डेगायत एक सय भन्दा बढी विद्यार्थी नेतालाई गिरफ्तार गरेको कांग्रेसको जनाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले तत्काल उहाँहरुलाई रिहा गर्न माग गर्दै लिपुलेक प्रकरणमा उच्चस्तरीय कुटनीतिक पहलमार्फत गम्भीर बन्न सरकारलाई अपिल गरेका छन् ।
वि.सं.२०७७ वैशाख ३० मंगलवार ०८:२१



















