YouTube Link

सचिवालय बैठकको तयारीका लागि ओली-दाहाल-नेपाल बेग्लाबेग्लै भेटवार्तामा

World Cup 2026
Facebook Link

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन शीर्ष नेता शुक्रबार दिनभर सक्रिय भएका छन् । चिनियाँ राजदुत होउ यान्छीले तीनैजनालाई भेटिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल बेग्ला बेग्लै छलफलमा जुटेका छन् ।

वैशाख ८ मा विवादित दुई विधेयक ल्याइएपछि सतहमा आएको नेकपाको विवाद तीन नेताबीच एकअर्कालाई जसरी पनि तह लगाएरै छाड्ने अवस्थामा पुगेको छ । खास गरी प्रचण्ड र नेपालले ओलीलाई जसरी पनि ठेगान लगाएरै छाड्ने रणनीतिसहित उत्रिएका बेला उनीहरुबीच छलफल भएको हो ।

सचिवालय बैठकको तयारीका लागि अध्यक्षसमेत रहेका ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नेपालबीच वार्ता भएको हो । बिहीबार राति चिनियाँ राजदूत यान्छीलाई भेटेका प्रधानमन्त्री ओलीले शुक्रबार अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेता नेपाललाई बालुवाटारमा डाकेर वार्ता गरेका हुन् ।

ओलीले दुवै नेतासँग छलफल गरे पनि नेपाल-दाहालले पनि अलग्गै बैठक गरेका छन् । बालुवाटार वार्तापछि कोटेश्वरस्थित नेपाल निवासमा प्रचण्डसँग वार्ता भएको हो । खुमलटारबाट कोटेश्‍वर पुगेका प्रचण्डले ओली इतर समूहको रणनीतिबारेमा नेपालसँग वार्ता गरेका हुन् । ओलीलाई प्रधानमन्त्री र अध्यक्षमध्ये एक पदबाट कुनै हालतमा बिदा गर्ने रणनीतिमा रहेका दाहाल-नेपालबीच वार्ताको पुष्टि नेपाल निकट नेता विष्णु रिजालले गरेका छन् ।

बुधबार बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएको आन्तरिक विवादका विषयमा गृहकार्य गरी शनिबारका लागि बैठक बोलाउने निर्णय गरेको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष तथा उपाध्यक्ष वामदेव गौततलाई कोरोना भाइरस संकट अन्त्यपछिको प्रधानमन्त्री प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो प्रस्ताव पारित गराएर सचिवालयबाटै विवाद मिलाउने जोड गरिरहेका छन् । वरिष्ठ नेता नेपालले आफू तेस्रो अध्यक्ष नबन्‍ने अडान लिइरहँदा उपाध्यक्ष गौतम भने प्रधानमन्त्री बन्‍न सक्ने सम्भावित बाटोको खोजीका लागि कानुनी परामर्शमा जुटिसकेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...