YouTube Link

पक्राउ परेका पत्रकार पाठकलाई रिहा गर्न नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको माग

Facebook Link

काठमाडौं: पत्रकार दीपक पाठकलाई रिहा गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । महासंघको काठमाडौं शाखाले पत्रकार पाठकलाई प्रहरीले पक्राउपछि गुपचुप रुपमा विद्युतीय कारोबार सम्बन्धि अभियोग लगाएको प्रति आपत्ति जनाउँदै अविलम्ब रिहाईका लागि माग गरेको हो ।

महासंघको काठमाडौं शाखाका सदस्य, केन्द्रीय पार्षद, रेडियो नेपालका बोर्ड सदस्य र मार्गदर्शन न्युज डटकम अनलाइन पोर्टलका सम्पादकसमेत रहेका पत्रकार पाठकलाई सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरेको कारण त्यस्तो अभियोग लगाएकोप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको काठमाडौं शाखाले जनाएको छ । प्रहरीले पाठकलाई बिहीबार कोटेश्वरस्थित निवासबाटै प्रक्राउ गरी गुपचुप ढंगले विद्युतीय कारोबारको अभियोग लगाएको बुझिन आएको महासंघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

महासंघले कोही कसैको मयार्दामा आँच आउने किसिमको अभिव्यक्ति फेसबुक स्टाटसबाट भएको छ भने पनि सरोकारवाला निकायको समन्वय र रोहबरमा आगामी दिनमा त्यस्ता गल्ति नदोहो-याउने प्रतिवद्धताका आधारमा पत्रकारका हकमा प्रहरीले रिहा गरेका घटना प्रशस्त रहेको तर पत्रकार पाठकलाई भने लामो समयदेखि लकडाउनको असरले विषयान्तर गरी अभियोग लगाउन खोजिएको आरोप लगाएको छ ।

काठमाडौं शाखाले आफूहरु पत्रकारलाई राहत तथा अन्य उद्धारका कार्यमा केन्द्रीत भइरहेको बेला अकस्मात कसैलाई थाह नदिई पत्रकारलाई हिरासतमा लिनु, पक्राउ गर्नुअघि नै २ दिनको म्याद थपिनु र हतासमा मुद्दा चलाउने प्रयास गरिनुजस्ता घटना पुर्वाग्रही, पुर्वनियोजित र षड्यन्त्रमुलक भएको स्पष्ट पारेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...