उपत्यकामा चेकजाँचमा झन कडाई, लकडाउन उल्लंघन गर्ने ७ सय १९ महिला सहित ‘२ हजार ७ सय’ जना पक्राउ
वि.सं.२०७७ वैशाख ४ बिहीवार २०:२४
1.6K
shares
काठमाडौं: कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको लक डाउनको २४औं दिन बिहीबार चेकजाँचमा कडाई गरिएको छ । अत्यावश्यक सवारी र केही पास बाहक सवारी मात्रै सञ्चालनमा आएका छन् ।
कोरोना भाइरसको सम्भावित जोखिम रोक्न लकडाउन लागू गरिए पनि उल्लंघनका घटना रोकिएका छैनन् । काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने ७ सय १९ महिला सहित २ हजार ७ सय ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज विहान ६ बजे देखि अपराह्न ६ बजे सम्म उक्त संख्यामा लकडाउन उल्लंघन गर्नेहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसै गरी ४ सय २० वटा दुई पाङ्ग्रे र ४९ वटा चारपाङग्रे गरी ४ सय ६९ वटा सवारी साधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट सबैभन्दा बढि २ हजार २ सय ९ जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट ४ सय ४४ र भक्तपुरबाट ५५ जनालाई नियन्त्रणमा लिएको छ ।
लकडाउनको समयमा सुरक्षा निकाय, एम्बुलेन्स, दैनिक उपभोग्य सामान ढुवानीका सवारी फाट्टफुट्ट चलेका छन् । ठाउँ ठाउँमा चेकजाँच भइरहेपनि केही व्यक्तिहरु अनावश्यक रुपमा सवारी चलाइरहेको पाइएको छ ।
वि.सं.२०७७ वैशाख ४ बिहीवार २०:२४



















