Health Ad
YouTube Link

हेर्नुहोस् आज २०८१ फागुन २१ गते बुधबार तपाईको राशिफल

Khanepani Dhal
Facebook Link

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रियजनसँगको भेटघाटले बिहानी रमाइलो रहनेछ। समयमै काम पूरा हुनाले उत्साह जाग्नेछ। अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मध्याह्नदेखि बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले धेरै काम सम्पादन हुनेछन् र कामकाे नतिजाले उत्साह जगाउनेछ। शुभचिन्तकहरूको साथ–सहयाेग जुट्नाले रोकिएका काम बन्नेछन्।

 

वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। लगानी बढाउनुपरे पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ। हिम्मतले काम लिँदा दीर्घकालीन अवसर प्राप्त हुनेछ।

 

मिथुन – Gemini का, कि, कु, घ, ङ, छ, के, को, ह
धेरै फाइदा उठाउन नसकिए पनि मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ। प्रयत्न गर्दा ऋणमोचन हुने सम्भावना छ। दिउँसोदेखि काममा बाधा र फजुल खर्चको सम्भावना देखिन्छ। ईर्ष्या गर्नेहरूले फसाउन सक्छन्। खर्च लागे पनि मिहिनेत गर्दा नियमित काम सम्पादन हुनेछ।

 

कर्कट – Cancer हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। साझेदारी र सट्टापट्टामा पनि मनग्गे लाभ हुनेछ। दिउँसोदेखि आम्दानी बढ्नाले मन प्रसन्न रहनेछ। दिगो तथा पछि फाइदा हुने काम प्रारम्भ गर्ने मौका छ।

 

सिंह – Leo मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुरुमा प्रतीक्षित नतिजा कमजोर देखिनाले थोरै फाइदा हुनेछ। अरूका लागि समय खर्चनुपरे पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। धेरैले साथ दिनेछन् भने जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ।

 

कन्या – Virgo टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। अवसरका लागि दौडधुप गर्नुपर्ला। तत्काल लाभ नभए पनि केही सकारात्मक संकेतहरू प्राप्त हुनेछन्। प्रयत्न गर्दा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। भविष्यमा फाइदा हुने काम प्रारम्भ हुनेछ।

 

तुला – Libra र, रि, रु, रे, रो, ता, ति, तु, ते
पूर्वाह्नको समय फलदायी रहनेछ। व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। दिउँसोदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। श्रमपूर्वक समर्पित हुँदा पनि प्रतिफल न्यून मात्र हातलागी हुनेछ।

 

वृश्चिक – Scorpio तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। मध्याह्नदेखि कामको चापबाट फुर्सद पाइनेछ। रमाइलाे यात्रा गर्ने साइत जुर्न सक्छ। अतिथिका रूपमा सम्मान पाइने समय छ। प्रियजनसँग रमाइलाे भेट हुनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ।

 

धनु – Sagittarius ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अध्ययनमा समय दिन नसकिएला। समयको मागलाई ध्यान दिन नसक्दा पनि पछि परिनेछ। बुद्धिको उपयोगले मात्र लक्ष्य पहिल्याउन सकिनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। रचनात्मक कार्यले फाइदा दिनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ। आम्दानीको नयाँ स्रोत फेला पर्नेछ।

 

मकर – Capricorn भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। पेसा–व्यवसायमा पनि फाइदा उठाउन सकिनेछ।

 

कुम्भ – Aquarius गु, गे, गो, सा, सि, सु, से, सो, द
कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। दिउँसोदेखि परिस्थिति अलि असहज बन्न सक्छ। उपलब्धिका लागि काम दोहोर्याउनुपर्ला। पहिले दिएको वचनले समस्या निम्त्याउन सक्छ। आफन्त एवं साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

 

मीन – Pisces दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अध्ययनमा विशेष प्रगति हुनेछ। बाेलीकाे प्रभाव बढ्नेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ। व्यवसायमा मनग्य लाभ हुनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो रहनेछ।

 

साभारः नेपाली पात्रोबाट, लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

वि.सं.२०८१ चैत ९ शनिवार ०६:५८

काठमाडौं: नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ ।...

हेर्नुहोस् आज २०८१ चैत ९ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ चैत ९ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ चैत ९ शनिवार ०६:२३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

विभिन्न क्षेत्रका व्यक्तिहरुले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

विभिन्न क्षेत्रका व्यक्तिहरुले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

वि.सं.२०८१ चैत ८ शुक्रवार १५:३३

काठमाडौं: प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका व्यक्तिहरु पुरस्कृत भएका...

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

वि.सं.२०८१ चैत ८ शुक्रवार १५:१५

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार...

हेर्नुहोस् आज २०८१ चैत ८ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ चैत ८ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ चैत ८ शुक्रवार ०६:४८

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदका प्रश्नको जवाफ दिने

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदका प्रश्नको जवाफ दिने

वि.सं.२०८१ चैत ७ बिहीवार १०:००

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ...