Texas College
YouTube Link

मोटरसाइकल चालकसहित यात्रुले पनि हेल्मेट अनिवार्य लगाउनुपर्ने, सार्वजनिक सवारी चालक ८ कक्षा उत्तीर्ण भएकै हुनुपर्ने

Facebook Link

काठमाडौं: मोटरसाइकल चालकसहित यात्रुले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्था खारेज भएको १८ वर्षपछि फेरि लागू गरिने भएको छ । सरकारले २०६१ सालदेखि मोटरसाइकलका चालकसहित त्यसमा सवार यात्रुका निम्ति हेल्मेट अनिवार्य गरेको थियो ।

 

२०६२/०६३ को जनआन्दोलनपछि गठित सरकारले ‘सम्पूर्ण शाहीकालीन आदेश तथा निर्देश खारेज हुने’ भनी एकमुष्ट निर्णय गरेपछि दुई हेल्मेटको व्यवस्था पनि खारेज भएको थियो । सरकारले संसदमा दर्ता गरेको सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक-२०८१ मा त्यस्तो व्यवस्था गरेको छ ।

 

‘सडक यातायात सेवालाई सहज, सुरक्षित, भरपर्दो र पहुँचयोग्य बनाई सर्वसाधारण जनतालाई सरल, सुलभ र गुणस्तरीय यातायात सुविधा उपलब्ध गराउन यातायात सेवालाई सुदृढ, सक्षम तथा प्रभावकारी बनाउन वाञ्छनीय भएकोले’ उक्त विधेयक अगाडि बढाइएको प्रस्तावनामा उल्लेख छ । विधेयकको दफा ४२ को उपदफा ३ मा ‘मोटरसाइकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालक र त्यस्तो सवारीमा यात्रा गर्ने अन्य यात्रुले हेल्मेट लगाउनुपर्ने उल्लेख छ ।

 

उपदफा ४ मा त्यस्ता सवारी साधनमा यात्रा गर्ने १० वर्षमुनिका वा १३५ सेन्टिमीटरभन्दा कम उचाई भएका बालबालिकाका लागि छुट्टै सीटको व्यवस्था गर्ने उल्लेख छ । उपदफा ५ ले त्यस्ता सवारी साधन चलाउँदा बालबालिकालाई अगाडिको सीटमा राख्न नपाइने व्यवस्था गरेको छ । विधेयकले सवारी चालक अनुमतिपत्र प्राप्तिको विद्यमान व्यवस्थामा परिवर्तन गर्दै सवारी साधनका आधारमा उमेरहद तथा शैक्षिक योग्यतासमेत निर्धारण गरेको छ । दफा १४ मा ‘चालकका लागि अयोग्यता’ शीर्षकमा त्यस्तो व्यवस्था गरिएको हो ।

 

उक्त दफामा ठूला सवारी साधनका चालकको उमेर कम्तिमा २३ वर्ष र मझौला तथा सानो (चार पांग्रे) का हकमा पूरा भएको हुनुपर्ने उल्लेख छ । साढे तीन र दुई पांग्रे सवारी साधन (मोटरसाइकल) चालकका हकमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

 

विद्यमान व्यवस्थामा नेपाली नागरिकता प्राप्त गरेको कुनैपनि व्यक्तिले लाइसेन्स लिन पाउने व्यवस्था गरेको छ । उक्त व्यवस्थाअनुसार १६ वर्षकै उमेरदेखि सवारी साधन चलाउन पाइने सुविधा थियो । व्यवसायिक सवारी साधन चलाउने चालकले कक्षा ८ उत्तीर्ण नगरेको अवस्थामा सवारी चालक अनुमतिपत्र नपाइने व्यवस्था गरिएको छ ।

 

यद्यपि, विधेयकको दफा २० को उपदफा २ ले ऐन प्रारम्भ हुँदाका बखत सवारी चालक अनुमतिपत्र प्राप्त गरिसकेको भए कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था आकर्षित नहुने उल्लेख छ । दफा २० कै उपदाफ ३ मा त्यस्ता सवारी चालकले प्रत्येक वर्ष मान्यताप्राप्त चिकित्सकबाट स्वास्थ्य परीक्षण गराई त्यसको रिपोर्ट साथमै राख्नुपर्ने व्यवस्था छ ।

 

 

 

 




X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...