अहिलेसम्मकै सबैभन्दा महँगो बन्यो सुन

वि.सं.२०८१ चैत १ शुक्रवार ११:५०
726
shares
काठमाडौं: शुक्रबार (आज) सुनको मूल्यले अहिलेसम्मकै महँगो कीर्तिमान बनाएको छ । चाँदीको मूल्यमा पनि आज उच्च बृद्धि भएको छ । सुनको मूल्य आज १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलाको १ लाख ७० हजार ५०० रुपैयाँ थियो । त्यसको तुलनामा आज सुनको मूल्य प्रति तोला ४ हजार रुपैयाँले बढेको हो । फागनु १३ गते सुनको मूल्य प्रति तोला १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेर घटेको थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ५० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँ पुगेको छ ।

वि.सं.२०८१ चैत १ शुक्रवार ११:५०