YouTube Link

हेर्नुहोस् आज २०८० माघ १९ गते शुक्रबार तपाईको राशिफल

Facebook Link

 

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ

दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। काममा आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले काममा उत्साह जगाउनेछ।

 

वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सोखले खर्च बढाए पनि भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

 

मिथुन – Gemini का, कि, कु, घ, ङ, छ, के, को, ह

बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।

 

कर्कट – Cancer हि, हु, हे, हो, डा, डि, डु, डे, डो

व्यावसायिक काममा चुनौती देखिए पनि घरमा लक्ष्मी अर्थात् द्रव्य भित्र्याउने समय छ। आजको कामले दिगो फाइदा हुनेछ। मित्रजन सहयोगीका रूपमा देखा पर्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। अरूको सुझावमा भर नपर्नुहोला। आफन्त र परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला।

 

सिंह – Leo मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अनावश्यक हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखापर्नेछन्। शत्रुभाव राख्नेहरूबाट सजग रहनुपर्ला। बुद्धिको उपयोगले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। प्रयत्न गर्दा दिगो काम प्रारम्भ गर्न सकिनेछ। नयाँ कार्यशैलीले लोकप्रियता पनि दिलाउनेछ। प्रतिस्पर्धी समेत सहयोगीका रूपमा उपस्थित हुनेछन्।

 

कन्या – Virgo टो, प, पि, पु, ष, ण, ठ, पे, पो

समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। आर्थिक पक्षमा ठूलो उपलब्धि नभए पनि ज्ञानलाई निखार्ने अवसर भने प्राप्त हुनेछ।

 

तुला – Libra र, रि, रु, रे, रो, ता, ति, तु, ते

तारिफयोग्य कामले प्रशंसकहरू बढ्नेछन्। आकर्षक उपहारले उत्साह जगाउनेछ। भैपरी आउने समस्या समाधान हुनेछन्। बिछोडिएका आफन्तजन भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। असावधानीले गोपनीयता बाहिरिन सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

 

वृश्चिक – Scorpio तो, ना, नि, नु, ने, नो, या, यि, यु

खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ। लेनदेनतर्फ अपेक्षित लाभांश हातलागी नहुन सक्छ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ। पछिका लागि लगानी गर्ने अवसर भने प्राप्त हुनेछ।

 

धनु – Sagittarius ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मनग्य धन आर्जन हुनेछ र विभिन्न स्रोत–साधन जुट्नेछन्। आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल प्राप्त हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ।

 

मकर – Capricorn भो, ज, जि, खि, खु, खे, खो, गा, गि

कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। कीर्तिमानी काम गर्ने समय छ। सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।

 

कुम्भ – Aquarius गु, गे, गो, सा, सि, सु, से, सो, द

फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापार–व्यवसाय विस्तार गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ।

 

मीन – Pisces दि, दु, थ, झ, ञ, दे, दो, च, चि

तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य र अर्थका हिसाबले पनि दिन कमजोर रहनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। अवसरका लागि दौडधुप गर्नुपर्ला। मिहिनेतको प्रतिफल भने प्राप्त हुनेछ।

 

साभारः नेपाली पात्रोबाट, लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...