हेर्नुहोस् तपाईको आज २०७८ साउन २७ गते बुधबारको तपाईको राशिफल
अखबार नेपाल
वि.सं.२०७८ साउन २७ बुधवार ०६:०८
पाथीभरा माता की जय !!!
मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समय प्रतिकुल रहनेछ । आयमा बाधा, शोक तथा कष्टमा वृद्धि, यात्रा गर्दा ध्यान दिनु पर्नेछ । मन अशान्त रहला, कार्यमा विध्न बाधा व्यवधानहरु आउने । शत्रुले दुख दिन सक्नेछन, सामाजिक छवि खराब हुन सक्ने भएकोले विवादबाट टाढै रहनु पर्नेछ । सोचेको आँटेको काम पुरा नहोला । बिना कारण अलमलिनु पर्ने हुन सक्छ । धन हानी हुने योग रहेकोले लगानी वा खर्च गर्दा ध्यान पुरयाउनु पर्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ, सन्तानको तर्फबाट चिन्ता वा सन्तानलाई कष्ट पर्ने योग देखिएको छ । संयुक्त परिवारमा बस्नुभएको छ भने पारिवारिक असमझदारी बढन सकला, व्यवसायमा गतिरोध रहेकोले लगानी गर्दा एक्सपर्टको सल्लाह लिनु होला । विद्यार्थीहरुले भने बिशेष मेहनत गर्नुपर्नेछ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मन अस्थिर रहला, आयमा कमी, छातीमा कष्ट, पीडा, धनहानी, मानसिक सन्ताप पर्ने, जल तथा स्त्रि जातिबाट भय वा समस्या उत्पन्न हुन सक्ला, आफन्तहरुसँग कलह र विवाद, स्थाई सम्पत्ति सम्बन्धि झमेला लाग्न सक्ला, आरोप सम्म लाग्न सक्ने अवस्था नबन्ला भन्न सकिन्न। स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ , समयमै खानपान नहुने, निद्रामा बाधा आउने तथा रोगहरुले सताउन सक्नेछ । शत्रु वृद्धि, मित्र तथा भाइहरुसँग वैमनस्यता, सरकारी काम वा प्रशासनिक कार्यमा झमेला लाग्ने तथा मान सम्मान र उपलब्धिमा कमी आउन सक्छ । व्यवसाय गतिरोधको सामना गर्नुपर्नेछ । लगानीलाइ समय अशुभ छ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन राम्रो रहनेछ । धन लाभ, कार्यमा सफलता, वस्त्रलाभ मान सम्मान मा वृद्धि, शारिरिक आरोग्यता प्राप्ति, मन प्रसन्न हुने, दाम्पत्य जीवनमा सुख, मित्र सुख, शत्रु परास्त हुनेछन्, केही नयाँ साहसिक विचार गरेर देखाउने बेला आएको छ । कार्यमा सफलता प्राप्त हुने, छोटो दुरीको यात्राको अवसर प्राप्त होला । नयाँ व्यापार व्यवसायको शुरुवात हुने योग भएकोले लगानी गर्दा राम्रो । विद्यार्थीहरुको लागि समय उत्तम छ । उच्च शिक्षाको लागि समय राम्रो छ । प्राविधिक तथा ग्लेमरको क्षेत्रमा संलग्नहुनेहरुलाइ दिन राम्रो छ । एकचोटि चिना देखाउने बेला आएको छ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन अनूकूल नरहला । व्यर्थको श्रम, अनावश्यक खर्च, धन हानी, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने । मनमा आउने गलत विचारहरु समस्याको रुपमा देखिने छ । कलह र विवादले पारिवारिक सुखमा कमि ल्याउला, अचानक हुने विवादले उग्र रुप लिने र मानहानी वा अपमान हुने अथवा चित्त दुख्ने स्थिति आउन सक्छ । बोल्दा सोचेर बोल्नु पर्नेछ । शत्रुहरुले घात गर्नेछन् । कसै कसैको मित्रसँग विवाद हुने वा मित्रले धोका दिन सक्ने सम्भावना छ । शारिरिक पीडा अथवा चोटपटक दुर्घटना आदि हुन सक्ने सम्भावना भएकोले सतर्क रहनु पर्नेछ । व्यवसायमा बाधा छ लगानीलाई समय प्रतिकूल, कतैबाट पैसा लिनु वा आउनु छ भने निकै प्रयास गर्नु पर्ने देखिन्छ । खानपान नमिलेर स्वास्थ्यमा गडबडी आउन सक्छ । प्रेम सम्बन्धको लागि समय ठीक छैन ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनलाई स्थिर राखी कार्यलाई अगाडि बढाउनु भएमा भाग्यले साथ दिनेछ । सकारात्मक विचार र उत्साहले तँपाइको मनोबल मा बृद्धि हुनेछ । कार्यमा सफलता । कतैबाट सुखद समाचार वा नसोचेको वस्तु प्राप्त हुने सम्भावना छ । अति महत्वाकाँक्षी विचारहरु आउने छन् । उत्तम तथा मिष्ठान भोजन प्रति आज मन लालायित रहला । वस्त्र लाभ, गुरु कृपा, मित्र तथा बन्धुहरुबाट सुख, शत्रुमाथि विजय, सन्तानपक्षबाट सुखको परिस्थिती बन्ला । विद्यार्थीवर्गलाई समय राम्रो रहनेछ । प्रेम प्रसंगको लागि दिन शुभ छ । अविवाहितहरु हुनुहुन्छ भने विवाहको सम्भावना बन्ला, दाम्पत्य सुखमा सकारात्मक परिवर्तन आउने, व्यापार व्यवसायमा परिवर्तन, रोग र ऋणबाट राहत प्राप्त होला । नयाँ शूरुवात गर्ने राम्रो समय आएको छ, मुद्दा मामिलामा सकारात्मक संकेतहरु देखिन थाल्नेछन् । परिवारको स्वास्थ्यमा भने अलि ध्यान दिनु पर्नेछ ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिन प्रतिकुल हुन सक्नेछ । शारिरिक शिथिलता, कष्ट, आत्मबलले मात्र काम नगर्ला । किनमेल आदिमा खर्च बढी भएर धनको अभाव महसुस होला । मानसिक अशान्ति र छटपटि बढनाले, निर्णयहरु गलत हुने अथवा विवेकले काम नगर्ने परिवारमा असमझदारी बढनाले इष्र्याको भावना पलाउला जीवनसाथीको भने विशेष ख्याल गर्नुहोला । स्वास्थ्यको हकमा एलर्जी तथा संक्रामक रोगहरुले सताउन सक्ला । निद्रामा समस्या आउनुको साथै आँखा, मुख, अनुहारमा समस्या देखिन सक्नेछ । विद्यार्थीहरुको लागि भने समय राम्रो हुनेछ, विदेश यात्रा, प्रतियोगिता परीक्षा आदिको लागि दिन उत्तम रहनेछ । व्यापार व्यवसायमा ऋण लिनु पर्ने अवस्था देखिए पनि विदेश रिलेटेड कामहरुबाट भने लाभ लिन सक्नुहुन्छ, आयात निर्यात लगायत नयाँ कामको लागि भने समय राम्रो छ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन मिश्रीत खालको रहला । शुभ समाचारहरु आउन सक्छन् । शरिरको जोश जाँगर र कान्तिमा वृद्धि, आर्थिक लाभको सम्भावना । शत्रुहरुलाई पराजित गर्न सफल भइएला । मित्र भेटको सम्भावना वा मित्र बाट फाइदा पुग्ला । उत्तम वस्त्र तथा स्वादिलो भोजन प्राप्ति होला । भोग विलासमा रुचि जाग्नेछ । नयाँ कार्यको शुरुवात गर्ने समय आएको छ । संचित धनमा वृद्धिको योग छ । आय स्रोतको नयाँ बाटो फेला पर्न सक्छ, प्रयास गर्नुहोला । अडकिएका कार्यहरुले सम्पन्न हुन तिर जानेछन । मान, पद, सम्मानको प्राप्ति होला । सार्वजनिक कार्यको लागि समय खर्चिर्नु पर्ला । नव जोडिहरुलाइ प्रेम सम्बन्धमा सफलता मिल्नेछ । विद्यामा प्रगति देखिने छ । दाम्पत्य जीवन सुखमय बनाउन दुवैले प्रयास गर्न जरुरी छ । व्यवसाय मा लगानी गर्नु अगाडि जानकारको राय लिनु होला । सन्तानको लागि खर्च हुन सक्ने योग छ । स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ, पेट सम्बन्धि समस्याले र नशा सम्बन्धि समस्याले सताउन सक्ला ।
दिन शुभ रहनेछ । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तनको समय छ । ईच्छित फल पाउने । नयाँ कार्यको शूरुवात हुने वा एक भन्दा बढी क्षेत्रमा हात हाल्ने अवस्था आउन सक्छ, कार्य क्षेत्रमा मानसम्मान यश किर्ति प्राप्त हुने योग छ । तँपाइको खुबिको अरुले प्रशंसा गर्ने छन । अडकिएको धन वा कार्य सम्बन्धि शुभ समाचारहरु आउन सक्ला । पिताको आशिर्वाद र सहयोग लिनु होला, सरकार र प्रशासनको तर्फबाट काम बन्ने योग छ । विद्यार्थिहरुको लागि समय राम्रो छ । परिक्षा प्रतियोगितामा गरिएको प्रयासले सफलता दिनेछ । भूमि, वाहन सुख को साथै पारिवारीक सुख प्राप्त होला । सन्तान पक्षबाट भने अलि चिन्तत हुनु पनें समय छ । पारिवारिक झमेला र विवादबाट टाढै रहनु भएमा दिन सुखमय बित्नेछ ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सावधान हुनुपर्ने दिन छ । भाग्यमा अवरोध आएको महसुस होला, मान प्रतिष्ठामा धक्का । धार्मिक कार्यमा अरुचि । बिना कारण झगडा हुने, सरकारी तथा प्रशासनिक काममा बाधा आउने । नसोचेको दोष लाग्ने सम्भावना छ । स्वास्थयको विषेश ख्याल राख्नु होला । रोग व्याधिले सताउने योग छ । पेट र आँखामा समस्या नआउला भन्न सकिन्न । मित्रहरु, नजिकका मान्छे वा आफन्तहरुसँग मनमुटाव हुन सक्ने भएकोले विवाद नगर्नु होला । अचल सम्पत्ति बाहन आदि लिने कार्य टार्दा राम्रो । विदेश यात्रा, विदेश अध्ययन अथवा उच्च शिक्षा सम्बन्धि कार्यको लागि भने आजको दिन शुभ छ । छोटो दुरीको यात्रा अथवा बिना कारण निरर्थक भ्रमण हुने योग पनि देखिएको छ । ठुलो लगानीको लागि आज दिन राम्रो छैन । पार्टनरशीपमा समस्या, व्यवसायमा बाधा छ । दाम्पत्य सुखमा बाधा, कलह ले स्थान पाउला । नव जोडिहरुको प्रेम प्रसंगको लागि भने दिन राम्रो ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नो हैसियतलाइ नबिसिर्नु होला, दिन सोचे जस्तो नहोला । कष्ट पाइने, रोग वा चिन्ताले सताउने , धन हानी को साथै अरुसँग विवाद अथवा मनमुटाव नहोला भन्न सकिन्न । चिनामा ग्रह गोचर अशुभ छन् भने अनिष्ट फल प्राप्ति अर्थात प्रतिकूल घटनाहरु हुन सक्लान । धन माल चोरी हुने, हराउने, फुटने सम्भावना पनि छ, सावधान रहनुहोला । मनमा केही कुराको चिन्ताले सताइरहने छ । पारिवारीक मmमेला, दुर्घटना वा चोट लाग्ने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला । स्वास्थ्यमा प्रतिकुलता आउन सक्ला । शिर, पेट, चर्म रोग वा आँखा सम्बन्धि समस्या हुनेहरुले विशेष सावधान बन्नु पर्नेछ । बोल्दा सजगता नपनाएमा समस्यामा परिएला । गुप्त सम्बन्धहरुले पनि समस्या उत्पन्न गर्न सक्छन् । प्रेमिहरुको लागि भने समय अनुकुल छ । जागीर वा व्यवसायमा परिर्तन को संकेत देखिन सक्छ । लगानी र व्यवसायमा बाधा भोगिरहनु हुनेले एकचोटि ज्यातिषीसँग परामर्श गर्नु पर्नेछ ।
समय सुखद रहनेछ । धन लाभ, वाहन सुख, वैवाहिक सुख को योग बनेको छ शत्रुहरु पराजित हुनेछन, मान सम्मानको मिल्ला , आदर सत्कार र उत्तम भोजन प्राप्ती को योग छ, वैवाहिक सुख, प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने, भोग विलास मनोरन्जनमा ध्यान जाने र स्त्री सुखमा पनि विशेष रुचि बढन सक्छ । वैदेशिक व्यवसाय, आयात निर्यात को लागि समय अनुकुल रहने । घरबाट टाढा जानु पर्ने अवस्था अथवा टाढाको मान्छेसँग भेट वा कुरा हुने सम्भावना लाई पनि नकार्न सँकिदैन, सन्तान पक्षमा समस्या देखिन सक्ला तथा नशा सम्बन्धी समस्याले सताउन सक्नेछ । व्यवसायीलाइ आजको दिन राम्रो रहनेछ, लगानीको लागि समय उपयुक्त छ, पार्टनरशीप व्यवसायमा हुनेलाइ फाइदाको दिन छ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कर्मक्षेत्रमा सतर्कता अपनाउनु भएमा दिन शुभ रहनेछ । धन लाभ हुने, आँटेको काम पुग्ने , स्वास्थ्य राम्रो हुने, विरोधीहरु परास्त हुनेछन । आर्थिक पक्ष बलियो बन्ने सम्भावना छ । ऋण लाभ होला, मुद्दा मामिला लगायत अन्य कुराहरुमा विजय प्राप्तिको योग छ । व्यापार व्यवसायमा लाभ को साथै लगानी लाई समय उत्तम छ । अन्य महिलाहरुसँग सम्पर्क बढने योग देखिएकोले गुप्त सम्बन्धहरुबाट भने टाढै बस्नु भएमा राम्रो । परिक्षा प्रतियोगीतामा विजय प्राप्ति हुनेछ । सन्तान पक्षको भने विशेष ख्याल गर्नुहोला ।